बालुवाटारमा एमालेको बैठक जारी : कालो मास्क र मोबाइलले फोटो खिच्न निषेध !

काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एमाले महाधिवेशन कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ । बैठकमा सहभागिता जनाउने नेता तथा समाचार संकलन गर्ने सञ्चारकर्मीलाई कालो मास्कसहित फोटा खिच्न निषेध गरिएको छ ।

कालो मास्क लगाएर सूचना संकलन गर्न गएका सञ्चारकर्मीमलाई प्रवेशमा रोक लगाइएको छ । साथै, बैठकको फोटो क्यामेराबाट मात्र खिच्त पाइने, मोबाइलबाट खिच्न नपाइने नियम कडाइका साथ लागू गरिएको छ ।

केही समयअघि काठमाडौंको कार्की पार्टी प्यालेसमा आयोजित जिल्लो कमिटीको भेलामा पनि सहभागी कार्यक्रममा कालो मास्क र कालो टोपी लगाउन निषेध गरिएको थियो ।

त्यतिबेला कालो झण्डाको रुपमा कालो टोपी र मास्क प्रयोग गरेर कार्यक्रममा सहभागीले प्रधानमन्त्री ओलीको विरोध गर्नसक्ने आशंकामा सुरक्षा कर्मीलाई कालो टोपी र मास्क प्रयोग गर्नेलाई कार्यक्रममा निषेध गर्न निर्देशन दिइएको थियो ।

आइतबार १० बजे बोलाइएको बैठक ढिला सुरु भएको छ । यसअघि स्थायी समितिको बैठक बसिएको छ । बैठकले माधव नेपालसहित थप नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको जनाइएको छ ।

कर्णाली प्रदेश सरकारमा जस्तै फ्लोर क्रस गरेर सरकार ढाल्ने खेल सुरु भएको सूचना पाएसँगै नेपाल समूहलाई थप कारवाहीको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment