सेयर बजारमा करिब ७६ अंकको गिरावट

बैशाख १२,काठमाडौँ । आइतबार सेयर बजारमा करिब ७६ अंकको गिरावट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा ठूलो पहिरो गए पनि कारोबार रकम भने ७ अर्ब नाघेको छ । दिनभर १ करोड ४६ लाख ९० जहार ७२० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँ पुगेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment