एन आई सी एशिय बैंकले बीमा सुविधा अन्तर्गतको २० लाख रकम दुईजना सदस्यालाई वितरण

बैशाख २६, काठमाण्डौ । एन आई सी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बिमा रकम जनही रू. १० लाखका दरले दुई जना ग्राहक महानुभावहरूलाई भुक्तानी गरेको छ । सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया श्री निशा श्रेष्ठ आले कक्षपतिज्यूले यस बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोल्नुभएकोमा सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप वहाँका पति श्री जवीन प्रसाद कक्षपतिज्यूको घातक रोग उपचारवापत निज खातावालाले उक्त रकम प्राप्त गरेकाछन् । साथै, सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्नुभएका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षिया श्री बिन बहादुर वर्माज्यूलाई घातक रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment