सिईडिबि हाइड्रोपावरको आईपिओ रिजल्ट कहिले ? यस्ताे छ ढिला हुनुको कारण

बैशाख २८, काठमाण्डौ । सिईडिबि हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओमा ११ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो ।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण हुनेछ ।

त्यस अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । यो वाँडफाडको मिती अझै तोकिन सकेको छैन । देशमा बढ्दो कोरोना संक्रमणका कारण केहि असहज परिस्थितीले ढिलो हुने विक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment