ढोरपाटन ट्याक्सी दु’र्घ’टना हुँदा दुई जनाको गयाे ज्या’न, एक जना घाइते

जिल्लाको ढोरपाटन नगरपालिका–५ प्या’ङखोलामा ट्याक्सी दु’र्घ’टना हुँदा दुई जनाको ज्या’न गएको छ । यस्तै एक जना महिला घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तका अनुसार, आज साँझ पोखराबाट ढोरपाटन नगरको प्याङ्खोला जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दु’र्घ’टना भएको हो । दु’र्घ’टनामा परि ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विक र चालक बडिगाड गाउँपालिका–५ का ढालबहादुर थापाको मृ’त्यु भएको वन्तले जानकारी दिनुभयो ।

ट्याक्सी चालक थापालाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको जनाइएको छ । दु’र्घ’टनामा मृ’त’क विककी श्रीमती ३८ वर्षीय रतिकला विक घाइते भएकी छन् । उनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दु’र्घ’ट’नाको विषयमा थप अ’नु’स’न्धान भइरहेको वन्तको भनाई छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment