बडिगाडमा विवाह भोजमा सहभागि एकै परिवारका तीनजनाको मृत्यु

बागलुङ । कोरोनाले यहाँका एकैघरका तीन जनाको मृत्यु भएको छ । विवाह भोजपछि बिरामी परेका बडिगाड गाउँपालिका-४ का उनीहरूको एक साताको अवधिमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८७ वर्षीय बाबु तथा ५१ वर्षीय र ४० वर्षीय दुई छोरा छन् । बाबु र ५१ वर्षीय छोराको पोखरा र ४० वर्षीय छोराको धौलागिरि अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।

साताअघि हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । बडिगाड-४ मा अझै धेरै बिरामी छन् । सामान्य भएकाहरू घरमै बसेका छन् भने जटिल समस्या भएका केही धौलागिरि अस्पताल भर्ना भएका छन् ।

उनीहरु केही समय अगाडी स्थानीय एक व्यक्तिको विवाह समारोहमा सहभागी भएका थिए । उक्त विवाह समारोहमा सहभागीमध्ये अधिकाशंमा सकांस्पद लक्षण देखिएपछि गाउँपालिकाले पीसीआर परिक्षणका लागि स्वाव सकंलन गरी पठाएको थियो । यो सगैं बडिगाड गाउँपालिकामा कोरोना सक्रंमणका कारण ६ जनाको मृत्यु भएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment