नेपालमा एकाबिहानै २ पटक गयो भूकम्प, सात वटा घर भत्किए, तीनजना घाइते

कठमाडौं । काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । िवहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएका राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दूवै गाेरखा भूकम्पकाे पराकम्प भएकाे बताइएकाे छ।

यसै भूकम्पका कारण लम्जुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन ।

एकाबिहानै आएको भूकम्पले घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले बताएको छ । भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको छ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment