यसरी चलखेलमा बढाइदै छ सेयर बजार

चलखेल गरेर सेयर बजार बढाइयो’

    धितोपत्र बोर्डले गरेको अध्ययनको निष्कर्ष सेयर मूल्य शतप्रतिशत वृद्धि हुनेमा जलविद्युत् समूहका २१, अन्य र व्यापार समूहका २/२, उत्पादन तथा प्रशोधन अनि वित्त कम्पनी समूहका १/१ कम्पनी छन् काठमाडौँ — सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभई चलखेलबाट भएको नियामक निकाय धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । अहिले धेरै कम्पनीका सेयर मूल्य बढ्नुमा उचित कारण नभएको अध्ययनको निष्कर्ष छ । धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बिक्री सम्बन्धमा हालै गरिएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा बजारमा सिधै चलखेल भयो भन्ने उल्लेख नभए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतको दाबी…

Read More

नेपालले कोरोना संक्रमणबिरुद्धको खोप ल्याउन आवश्यक तयारी तीब्ररुपमा अघि बढाउदै

नेपालले कोरोना संक्रमणबिरुद्धको खोप ल्याउन आवश्यक तयारी तीब्ररुपमा अघि बढायो

    काठमाडौं, १७ मंसिर । नेपालले कोरोना संक्रमणबिरुद्धको खोप ल्याउन आवश्यक तयारी तीब्ररुपमा अघि बढाएको छ ।   यसअघि नै औषधि अध्यादेश जारी गरेर कानूनी अड्चन फुकाएपछि नेपालले कोभाक्स सुविधा अन्तर्गत सहुलियत दरमा समयमै कोभिड–१९ को खोप पाउन सम्बन्धित निकायमा प्राविधिक विवरण समेत पठाइसकेको छ ।   लामो समयको प्रतीक्षापछि विश्वमा कोरोनाविरुद्धको खोप उपलब्ध हुन थालेको छ । कोरोनाविरुद्धको खोप फाइजरको प्रयोग गर्न बेलायतले अनुमति नै प्रदान गरिसकेको छ ।   बेलायतको औषधि नियमनकारी निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले फाइजरको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ…

Read More

अमेरिकामा मृतकको आँकडा तीन हजार पार, संक्रमित संसारकै धेरै

अमेरिकामा मृतकको आँकडा तीन हजार पार, संक्रमित संसारकै धेरै

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीको ताजा आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कूल तीन हजार ८ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै मृत्यु न्यूयोर्क सिटीमा भएको छ । यहाँ ९ सय १४ व्यक्तिको मृत्यु भएको छ । न्यूयोर्क सिटीपछि न्यूजर्सी अमेरिकाको सबैभन्दा प्रभावित इलाका हो । यहाँ अहिलेसम्म १ सय ९८ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिले संसारको सबैभन्दा धेरै कोरोनाभाइरसद्वारा संक्रमित व्यक्ति छन् जसको संख्या १ लाख ६३ हजारभन्दा बढी छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले…

Read More

इटालीमा थामिएन कोरोनाबाट मृत्यु, मृतकको संख्या साढे ११ हजार पुग्यो !

इटालीमा थामिएन कोरोनाबाट मृत्यु, मृतकको संख्या साढे ११ हजार पुग्यो !

चैत्र १८, काठमाण्डौ । इटालीमा कोरोना भाइरस कोभिड १९ को संक्रमणले मृत्यु हुने क्रम अझै मत्थर हुन सकेको छैन। त्यहाँ सामेबार एकै दिन ८१२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार योसमेत कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । यो नेपाली समयअनुसार सोमबार राति १० बजेसम्मको हो । यसैगरी त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन् । यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण सोमबार एकै दिन ५३७ जनाको मृत्यु भएको छ। योसमेत गरेर स्पेनमा कोरोनाले…

Read More

गुल्मीमा बेवारिसे शव भेटियो

गुल्मीमा बेवारिसे शव भेटियो

१७ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-४ भगलाममा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर मुनी बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए । सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको शवलाई प्रहरीले पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताए ।श्राेतonlinekhabar

Read More

‘एसईई रोकिएका विद्यार्थीलाई सिधै कक्षा ११ मा भर्ना गरौं’

‘एसईई रोकिएका विद्यार्थीलाई सिधै कक्षा ११ मा भर्ना गरौं’

काठमाडौं। ‘बहस गरौं, कक्षा १० उत्तीर्ण भइसकेका विद्यार्थी भाइबहिनीलाई फेरि सोही तहको एसईई परीक्षा दिनैपर्ने बाध्यता किन ? कोरोनाको कारण स्थगित गरिएको एसईई परीक्षाको पूर्ण तयारीमा रहेका विद्यार्थीले अब सिधै ११ कक्षा पढ्न पाउने व्यवस्था गरे हुन्छ। विद्यार्थीलाई अनावश्यक तनाव कम गर्न, अभिभावकलाई आर्थिक भार कम गर्न र राज्यलाई साधारण खर्च घटाउन माध्यमिक तहमै दोहोरो मापदण्डको एसईई परीक्षा खारेजीका लागि सर्वपक्षीय पहल गरौं। ८ देखि १२ सम्मको शिक्षालाई माध्यमिक तह मानिसकेपछि एसईई जरूरी छैन, बरू १२ कक्षापछि यस्तो परीक्षा गराए हुन्छ। किनकी अहिले सबैतिर एसईईको सर्टिफिकेटभन्दा १२ को सर्टिफिकेट र…

Read More

कोभिड–१९: पछिल्लो २४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु !

कोभिड–१९: पछिल्लो २४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु !

  चैत्र ८,काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका नागरिक रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ६ सय २७ जनाको मृत्यु भएको छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट शनिबार बिहानसम्म २ लाख ७६ हजार संक्रमित भइसकेका छन् भने ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ९१ हजार उपचारपछि निको भएका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । इटलीमा…

Read More

युरोपमा तिब्र गतिमा फैलिँदै कोरोना महामारी, एकदिनमै ९ सय बढीको मृत्यु

युरोपमा तिब्र गतिमा फैलिँदै कोरोना महामारी, एकदिनमै ९ सय बढीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ । इटालीको अवस्था त अहिले विश्वकै सबैभन्दा भयावह भएको छ । इटालीमा शुक्रबार मात्र ६२७ जनाको मृत्यु भएको छ । योसहित उक्त देशमा मर्नेको संख्या ४ हजार ३२ पुगेको छ । यो संख्या चीनमा अहिलेसम्म मर्नेको संख्याभन्दा ८ सयले बढी हो । चीनको ऊहानबाट सुरु भएको यो महामारीका कारण चीनमै भने अहिलेसम्म ३२४८ जनाको मृत्यु भएको छ । त्यसैले इटाली कोरोना…

Read More

‘लक डाउन’ भनेको के हो ?

‘लक डाउन’ भनेको के हो ?

चैत्र ७,काठमाडौँ । विश्वमा फैलिरहेको काभिड–१९ (कोरोना भाइरस) का कारण विश्वका धेरै देशहरु यतिबेला लक डाउन गरिएको अवस्थामा छन । अन्य देशमा नागरिकले लक डाउन भोगिरहेका छन । तर नेपालको सन्दर्भमा अहिलेसम्म लक डाउन नगरिएको अवस्थामा स्थिती सामान्य छ । तर सरकारको पछिल्लो तयारी अनुसार नेपालमा पनि अव लक डाउन गरिने सम्भावना बलियो छ । विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा सरकारले गर्ने एउटा निर्णय हो ‘लकडाउन’ । यसमा आम सर्वसाधारणले धेरै चिन्ता लिन जरुरी छैन । सरकारले संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रकृयाका…

Read More

कोराना सन्त्रासले २४ घण्टामा ९० हजारले छोडे काठमाडौं

कोराना सन्त्रासले २४ घण्टामा ९० हजारले छोडे काठमाडौं

६ चैत, काठमाडौं । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताउछन् । “नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोआज घर जाने यात्रुको भीड लागेको छ”, उनी…

Read More