धितोपत्र बोर्डले गरेको अध्ययनको निष्कर्ष सेयर मूल्य शतप्रतिशत वृद्धि हुनेमा जलविद्युत् समूहका २१, अन्य र व्यापार समूहका २/२, उत्पादन तथा प्रशोधन अनि वित्त कम्पनी समूहका १/१ कम्पनी छन् काठमाडौँ — सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभई चलखेलबाट भएको नियामक निकाय धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । अहिले धेरै कम्पनीका सेयर मूल्य बढ्नुमा उचित कारण नभएको अध्ययनको निष्कर्ष छ । धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बिक्री सम्बन्धमा हालै गरिएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा बजारमा सिधै चलखेल भयो भन्ने उल्लेख नभए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतको दाबी…
Read MoreCategory: अर्थतन्त्र
आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक लगानीको प्रतिबद्धता ५० प्रतिशतले घट्यो
काठमाडौं । सरकारले खुकुलो नीति बनाएर एकद्वार प्रणालीमा सेवा दिने उद्घोषसहित ‘भर्जिनल्याण्ड’ मा लगानी गरेर उच्च प्रतिफल लिन वैदेशिक लगानीकर्तालाई आग्रह ग-यो । तर, परिणाम सकारात्मक छैन । ६ अर्बभन्दा कम विदेशी लगानी स्वीकृत गर्ने उद्योग विभागमा अघिल्लो वर्षभन्दा प्रतिवद्धता नै ५० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ३१ देशबाट ३ सय ३७ मझौला उद्योगका लागि २३ अर्ब ९४ करोड ९२ लाख ५० हजार रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । जुन अघिल्लो वर्ष ५२ अर्ब ६९ करोड थियो । आर्थिक वर्ष २०७४/०७५ मा ३ खर्ब २९ अर्बका ४…
Read Moreठूला भारु नोट प्रतिबन्धको प्रभाव पर्यटनमा
पोखरा — ठूला भारु नोट प्रतिबन्धको प्रभाव पर्यटनमा नेपालमा भारतीय ५००, १००० र २००० रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएसँगै त्यसको प्रभाव पर्यटन क्षेत्रमा देखिन थालेको छ । ठूला नोट ल्याउन नपाइने र साना नोट धेरै बोक्नुपर्ने बाध्यताले कतिपय भारतीय पर्यटकले बुकिङ रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् । बैंकिङ प्रणाली, एटीएम वा यात्रा कार्डबाट कम कारोबार हुने भएपछि भारतीय पर्यटक नगदै बोकेर आउने गर्छन् । नेपाल सरकारले केही दिनअघि भारतीय १०० रुपैयाँभन्दा बढीको नोटमा प्रतिबन्ध लगाएको छ । ‘नोट प्रतिबन्धले भारतीय पर्यटकमा अलमल भएको छ । ‘धरैले बुकिङ रद्द गरेका छन्,’ डयामसाइडस्थित होटल बज्र इनका सञ्चालक बच्चुराम…
Read Moreभित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा
पौष १६, बनेपा । भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो ।
Read Moreवाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
पौष १६, काठमाडौं । वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ? संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ । विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार गरको हो । कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडीमा संलग्नलाई निलम्बन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ ।
Read Moreआज कुन देशको मुद्राको विनिमयदर कति
पौष ५, काठमाडौं । आज कुन देशको मुद्राको विनिमयदर कति नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ३५ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ९५ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ…
Read Moreमेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ !
पौष ५, काठमाडौं । मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ ! मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई दिएर तत्काल पूरा गर्न विज्ञहरुले सुझाएका छन् । जनविद्युत आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम पूरा गर्न सक्ने बुझाइ उनीहरुको छ । पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’ को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए । ‘ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मूल्यांकन गरेर अन्योल हटाउनुपर्छ,’ उनले भने, ‘अब टेन्डर प्रक्रिया लामो गर्नुहुन्न । छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ ।’ आयोजनाका पूर्वकार्यकारी निर्देशक रामचन्द्र…
Read Moreमोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे दुर्इ महानगर
काठमाडौँ । मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे दुर्इ महानगर झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायः जसो स्थानीय तहमा चुनाव लड्ने राजनीतिक दलले चुनावी घोषणापत्रमा मोनोरेल/मेट्रो रेल सञ्चालन गर्ने मुख्य एजेन्डा बनाएका थिए । जनप्रतिनिधिमा निर्वाचित भएपछि काठमाडौँ र ललितपुर महानगपालिकाले भने संयुक्तरुपमा मानोरेल सञ्चालन गर्न कम्मर कसेर लागेका छन् । जसअनुसार बुधबार मात्रै यी दुई महानगरपालिकाले २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालनका सम्भाव्यता देखिएपछि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गरेका छन् । यो खबर…
Read Moreखुशीको खबर ! मालपोतमा नागरिक आफैले फारम भर्न सक्ने सर्वोच्चको आदेश
काठमाडौं – खुशीको खबर ! मालपोतमा नागरिक आफैले फारम भर्न सक्ने सर्वोच्चको आदेश सर्वोच्च अदालतले भूमि सुधार कार्यालय र मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम गर्न सक्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले मंगलबारभूमि सुधार मन्त्रालयले बनाएको नीतिअनुसार लेखापढी गर्न सक्ने नागरिकले आफैँ फारम भरेर काम गर्न सक्ने आदेश जारी गरेको हो । लेखापढी गर्ने अभिवक्ताले आफ्नो पेशा धरापमा परेको उल्लेख गर्दै नापी तथा मालपोतको काममा आफूहरुले फारम भर्ने काम गर्न पाउने उल्लेख गर्दै नेपाल लेखापढी कानून व्यवसायी…
Read Moreतेलको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय १०
काठमाडौँ — तेलको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय १० नेपाल आयल निगमले मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आयल निगमको संचालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाउने निर्णय गरेको हो । अब प्रतिलिटर पेट्रोल एक सय १० र प्रतिलिटर डिजेल तथा मट्टितेल ९७ रुपैयाँमा खरिद गर्न सकिनेछ । निगमको यो निर्णय मध्यरातिबाट लागू हुने छ । भारतीय आयल निगमले पठाएको पछिल्लो खरिद मूल्यका आधारमा मूल्य समायोजना गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपीजी ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।
Read More