जनैपूर्णिमामा बटुक (फोटो फिचर)

जनैपूर्णिमामा बटुक (फोटो फिचर)

आज जनैपूर्णिमा हिन्दू धर्माबलम्बले हातमा रक्षाबन्धन मानेर मनाउँछन् । ब्राम्हण, क्षेत्रीलगायतका तागाधारीले जनै फेर्छन् । काठमाडौं उपत्यकाका मन्दिरहरुमा बिहीबार रक्षाबन्धन बाँध्नेहरुको घुइँचो लाग्यो । बाटोमा रक्षाबन्धन बाँध्न बसेका ब्राम्हणहरुसँग रक्षाबन्धन बाँध्ने, जनै फेर्ने गरेर गच्छेअनुसार दक्षिणासमेत दिने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रक्षाबन्धनको दिन ठूलो घुइँचो थियो । त्यस्तै पशुपतिनाथ मन्दिर नजिकैको राममन्दिरमा बटुकहरुले नुहाइधुवाइ गरेको, जनै फेरेको दृश्य पनि रोचक थियो । संस्कृत विषय अध्ययन गरेका उनीहरुले नुहाइ धुवाइ गरी विशेष मन्त्र जपेर जनै फेर्ने र रक्षाबन्धन बाँध्ने काम गरे हेर्नुहोस् तस्वीरहरु          

Read More

जनैको तीन सूत्र, नौ तार र पाँच गाँठोको बैज्ञानिक महत्व के छ ?

जनैको तीन सूत्र, नौ तार र पाँच गाँठोको बैज्ञानिक महत्व के छ ?

भोलि (बिहीबार) यज्ञोपवित एवं जनै पूर्णिमा हो । श्रावण शुक्ल पूर्णिमाको दिन विधि पूर्वक पूजाआजा गरी पवित्र बनाईएको जनै धारण गरी यो पर्व मनाउने गरिन्छ । नेपालकै तराई भेगमा यही दिन दिदी बहिनीले दाजु भाइहरुलाई राखी बाँध्ने चलन समेत रहेको छ । द्विज जातीहरु जो जनै लगाउँछन् (ब्राह्मण, क्षत्री र वैश्य) उनीहरुको लागि यो पर्व पवित्र पर्वको रुपमा मान्ने गरिन्छ । तर, धेरै तागाधारी (जनैधारी)हरुलाई जनैको बैज्ञानिक महत्वबारे थाहा नभएको पनि हुनसक्छ । त्यसैले त्यसको महत्वबारे प्रकाश पार्ने प्रयास पारिएको छ । जनै के हो ? धेरैले देखेका हुनसक्छौं कुनैपनि…

Read More

हेर्नुहाेस् यसरी सिँगारियो जानकी मन्दिर

हेर्नुहाेस् यसरी सिँगारियो जानकी मन्दिर

जनकपुर — हेर्नुहाेस् यसरी सिँगारियो जानकी मन्दिर  रामजानकी विवाह महोत्सवका लागि जनकपुरको जानकी मन्दिर सिँगारिएको छ । जानकी मन्दिर झिलिमिलि बनेको छ । सप्ताह व्यापि मनाउने राम–जानकी विवाह महोत्सवमा जन्ती बनेर बुधबार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदै छन्। उनी आउने भएपछि विवाह महोत्सवमा दर्शनार्थीको भीड छ। मंगलबार नै जनकपुरको सडक भिडले ढाकिएको छ।

Read More

सीता र रामको पूजा गरी मनाइँदै आज विवाह पञ्चमी

सीता र रामको पूजा गरी मनाइँदै आज विवाह पञ्चमी

काठमाडौँ । सीता र रामको पूजा गरी मनाइँदै आज विवाह पञ्चमी वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।…

Read More

शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

काठमाडौँ- शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्नुपर्नेमा जोड दिइएको छ । विश्व शान्ति दिवसका अवसरमा नेपाल विश्व शान्ति विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति र विश्व शान्ति एवं विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका बारेमा चर्चा गर्नुभयो । विश्वमा शान्तिको सन्देश प्रवाह गर्नुहुने बुद्धलाई ब्रह्माण्डकै ज्योति घोषणा गरिनुपर्ने कार्यक्रमका वक्ताले जोड दिएका हुन् । कार्यक्रममा पूर्वराजदूत एवं परराष्ट्रविद् विष्णुहरि ‘नेपालले विश्व शान्ति स्थापनाका आधार’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि बहस गर्नुहुँदै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद…

Read More

बालाचतुर्दशीकाे अघिल्लो रात: दिवंगत पितृका नाममा दीपदान गरिँदै

बालाचतुर्दशीकाे अघिल्लो रात: दिवंगत पितृका नाममा दीपदान गरिँदै

मंसिर १९, काठमाडौं । बालाचतुर्दशीकाे अघिल्लो रात: दिवंगत पितृका नाममा दीपदान गरिँदै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज (बुधबार) दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । बुधबार दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको आज पशुपतिमा भीड लाग्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष…

Read More

मंसिर १८ गते, मंगलबार : आजको राशिफल

आजको राशिफल

मंसिर १८ गते, मंगलबार : आजको राशिफल वि.सं. २०७५ साल मंसिर १८ गते। मंगलबार। इश्वी सन् २०१८ डिसेम्बर ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– द्वादशी, १३:०३ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– स्वाती, २८:१० बजेउप्रान्त विशाखा। योग– शोभन, २५:३८ बजेउप्रान्त अतिगण्ड। करण– तैतिल, १३:०३ बजेदेखि गर, २४:३८ बजेउप्रान्त वणिज। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ०५ पला। प्रदोष व्रत। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ…

Read More

गुल्मीको रेसुङ्गामा पैदल मार्गको लागि आधुनिक सिँढी बनाइँदै

गुल्मीको रेसुङ्गामा पैदल मार्गको लागि आधुनिक सिँढी बनाइँदै

१४ मंसिर, गुल्मी । गुल्मीको रेसुङ्गामा पैदल मार्गको लागि आधुनिक सिँढी बनाइँदै गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा आधुनिक खालको पैदल मार्गको लागि सिँढी निर्माण हुने भएको छ । गतवर्ष गुल्मीमा सम्पन्न तेस्रो गुल्मी महोत्सवबाट संकलित रकमबाट रेसुङ्गा क्षेत्रको पोखरीदेखि यज्ञशालासम्म पैदलमार्गको लागि आधुनिक सिँढी निर्माण कार्य थालिएको हो । गुल्मी उद्योग बाणिज्य संघको १० लाखको लागतमा पैदल मार्गको लागि सिँढी निर्माण कार्य सुरु गरिएको छ । सदरमुकाम तम्घासबाट पोखरीसम्म सवारी साधानबाट पुग्न सकिन्छ । तर, पोखरीबाट यज्ञशालासम्म पुग्नको लागि पैदल मार्गमार्फत पुग्न सकिन्छ । वृद्धवृद्धा र अन्य धर्माबलम्बीलाई आवतजावतमा सहज…

Read More

यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ? हेर्नुहोस्

यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ? हेर्नुहोस्

काठमाडौँ- यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ? हेर्नुहोस् नेपालीको महानचाड वडादशैंको चहल-पहल बिस्तारै शुरु भएको छ। वडादशैंको टीका कात्तिक २ गरे परेको छ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस पाली टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा हुने जनाएको छ।     समितिका अनुसार फुलपाती भित्र्याउने साइत असोज ३० गते बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको छ। घटस्थापना असोज २४ गते परेको छ भने घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । साथै कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने…

Read More

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस, विश्वकर्माको पूजाआजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस, विश्वकर्माको पूजाआजा गरी मनाइँदै

काठमाडौँ, १ असोज । आज विश्वकर्मा पूजा तथा वास्तु दिवस, विश्वकर्माको पूजाआजा गरी मनाइँदै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।   प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा…

Read More