५ भदौ, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको छ । बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको हो । त्यस अनुसार नेकपाका सांसदहरुले प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गरेका हुन् । रामकुमार यादव प्रस्तावक छन् भने ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादव समर्थक छन् । प्रदेशको स्थायी राजधानी जनकपुर परिक्रमा मार्गसहित सिंगो धनुषा जिल्लालाई बनाउन प्रस्ताव गरेका छन् । संसदीय दलका नेता सत्यनारायण मण्डल प्रस्तावक रहेको प्रस्तावमा सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा र नेभी लुंगेली समर्थक छन्…
Read MoreCategory: प्रदेश
प्रदेश ५ का मन्त्रीसहित ९ जनाको टोली चीन भ्रमणमा जाने
६ साउन, बुटवल । प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वको टोलीले चीनको गान्सु प्रान्त भ्रमण गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आएको निम्तोमा मन्त्री गिरीको नेतृत्वमा प्रदेशसभा सदस्यहरु र कर्मचारीहरुसहित ९ सदस्यीय टोली गान्सु प्रान्त जाने भएको हो । भदौ १० देखि १६ गतेसम्म हुने भ्रमणलाई मन्त्रिपरिषद वैठकले स्वीकृति प्रदान गरेको छ । भ्रमण टोलीमा मन्त्री गिरीसहित प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, सरस्वती गौतम, निर्मला क्षेत्री, बावुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बसन्त अधिकारी, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय…
Read Moreमेलम्चीको ठेकेदार फेरि बेपत्ता, न मान्छे आए न इमेल पठाए
पौष ३०, काठमाडौं । मेलम्चीको ठेकेदार फेरि बेपत्ता, न मान्छे आए न इमेल पठाए मेलम्ची पानी काठमाडौं ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेना हप्ता दिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । सुरुङ, स्थायी बाँध र पानी प्रशोधन केन्द्र जस्ता मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वषदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौंमा आउने समय अझै लम्बिने भएको छ । मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गतेयता आयोजना र ठेकेदार पक्षसँग संवाद नभएको प्रस्ट्याएका हुन्।
Read Moreमुलुकभरको मौसम बदली हुँदा हलुका वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात
काठमाडौं । मुलुकभरको मौसम बदली हुँदा हलुका वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात मुलुकभरको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौ उपत्यका लगायत देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । त्यस्तै हुम्ला–जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । मौसम पूर्वामनुमान महाशाखाका अनुसार देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना छ । त्यस्तै आज राति देशको पश्चिमी भुभागमा आंशिक…
Read Moreमुस्ताङमा हिमपात सुरु, तापक्रम माइनस १६ डिग्री
जोमसोम । मुस्ताङमा हिमपात सुरु, तापक्रम माइनस १६ डिग्री पश्चिमी वायुको प्रभावले हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात सुरु भएको छ । आइतबार साँझदेखि यो वर्षमा पहिलो पटक हिउँ परेको हो । स्थानीयको अनुसार सामान्यतः कार्तिक महिनापछि मुस्ताङमा चिसो बढ्न सुरु हुन्छ । मङ्सिर, पुस र माघमा हिउँ पर्छ। मुस्ताङ जिल्लाको तल्लो भेग मानिने थासाङ गाउँपालिकादेखि माथिल्लो मुस्ताङसम्म हिउँ परिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । तल्लो भेगको तुलनामा माथिल्लो भेगमा बढी हिउँ परेको प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए । आइतबार रातिदेखि परेको हिमपातले हिमाली जिल्ला मुस्ताङकाे जनजीवन प्रभावित बन्दै गएको छ…
Read Moreकर्णालीमा हिमपात, कष्टकर जनजीवन
काठमाडौं । कर्णालीमा हिमपात, कष्टकर जनजीवन कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च भेगमा हिमपात भएको छ । हिमपातपछि जनजीवन कष्टकर बनेको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ । दुई दिनदेखि हुम्लामा घाम नलाग्दा न्युनतम तापक्रम माइनस ९ मा पुगेको छ । यस्तै, कालिकोटमा माइनस पाँच, जुम्लामा माइनस चारसम्म तापक्रम पुगेको छ । डोल्पाको भोट क्षेत्रमा पनि हिमपात भएको छ । अत्यधिक जाडो बढेको छ । धारामा पानी थाप्नसमेत तातोपानी प्रयोग गर्नु परेको छ । बालबालिका, महिला, जेष्ठ नागरिक अत्यधिक प्रभावित भएका छन् । कालीकोटका ९० प्रतिशत भूभागमा हिमपात हुने सम्भावना रहेको…
Read Moreन्यूज २४ बाट घुसकाण्ड सार्वजनिक भएपछि पोखरामा लिइएको अहेबको परीक्षा रद्द
काठमाडौं, २१ मंसिर । न्यूज २४ बाट घुसकाण्ड सार्वजनिक भएपछि पोखरामा लिइएको अहेबको परीक्षा रद्द पास गराइदिन्छु भन्दै घुस लिएको सप्रमाण समाचार न्यूज २४ बाट प्रसारण भएपछि लोक सेवा आयोगले गत मंसिर ९ गते आयोगको पोखरा कार्यालयबाट लिइएको अहेब पदको अन्र्तवार्ता रद्द गरेको छ । स्वयं अन्तर्वार्तामा सहभागी स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख डा. तारानाथ पौडेल अन्तर्वातामा सहभागीसँग १ लाख घुस लिदा लिदै पक्राउ परेको दृश्य र यससम्बन्धि रिपोर्ट न्यूज २४ को सीधाकुरा जनतासँंग कार्यक्रममा प्रसारण भएको थियो । पास गराइदिन्छु भन्दै घुस लिने पौडेल स्वास्थ्य मन्त्रालयका ११ औं तहका…
Read Moreसर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप : प्रहरीको गोली लागी एकको मृत्यू
कार्तिक १३,सर्लाही । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको पालले बताए । यसअघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । विवादका…
Read Moreऔपचारिक रुपमा भोलिदेखि दशैं टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायीको निर्णय
काठमाडौं, ८ असोज । औपचारिक रुपमा भोलिदेखि दशैं टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायीको निर्णय नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलिदेखि दशैं टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । रोलः सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बृद्धि गर्ने सहमित भएपछि व्यवसायीले दशैंको टिकट बुकिङ भोलि देखि खुला गर्ने जनाएको हो । त्यसैगरी, समितिले सैंमा राजधानी बाहिर जाने र आउने यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाउन अनुगमन, टिकट काउन्टर व्यवस्थापन लगायतका समिति पनि बनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीको संयोजकत्वमा गठन गरिएको समितिले यात्रुलाई व्यवस्थित ढंगले यात्रा…
Read Moreबैतडी डोडेश्वरका बासिन्दा जीर्ण झोलुङ्गे पुलमा यात्रा गर्न बाध्य
बैतडी । बैतडी डोडेश्वरका बासिन्दा जीर्ण झोलुङ्गे पुलमा यात्रा गर्न बाध्य डोडेश्वर झोलुङ्गे पुल जीर्ण हुँदा सुर्नया गाउँपालिकाका बासिन्दा जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य भएका छन् । उक्त पुल जीर्ण हुँदा स्थानीयवासी र गाँउपालिका जाने सेवाग्राहीलाई पनि समस्या भएको छ । वर्षौ पारानो पुलको फल्याक कुहिएर झरिसकेकाले आवतजावत गर्न अप्ठ्यारो भएको सुर्नया–२ का मोहनबहादुर बिष्टले बताउनुभयो । सतबाँझ श्रीभावर सडक वर्षाले अवरुद्ध भएपछि पैदलमार्गको उक्त पुल पनि पुल जीर्ण हुँदा समस्या भएको उहाँले बताउनुभयो । गाँउपालिकाको वडा नं १, २ र ३ का बासिन्दाले गाउँपालिका जान सोही पुल प्रयोग गर्नुपर्ने बाध्यता…
Read More