कुमारी हलमा क्यामेरासँग डराएकी सन्नी…

कुमारी हलमा क्यामेरासँग डराएकी सन्नी…

बिहिबार साँझ कुमारी हलमा चलचित्र ‘पासवर्ड’को प्रिमियर शो सम्पन्न भयो । प्रिमियरमा सहभागी हुन बलिउड नायिका सन्नी लियोनी बिहिबार नेपाल आएकी थिइन् । नेपाल आएकी सन्नीको भिडियो खिच्न केही मिडियाकर्मी र धेरै युटुबर त्रिभुवन विमानस्थलमा पुगेका थिए । सन्नी २ बजे विमानस्थल आइपुग्ने जानकारी पाएकाले पनि २ बजे नै २ सय हारहारीमा क्यामेरा उनको तस्वीर कैद गर्न सोझिएका थिए । निर्धारित समय भन्दा सन्नी २ घन्टा ढिलो मात्र विमानस्थलमा ओर्लिएकी थिइन् । सुरुवातमा आमगन कक्षमै क्यामेरा प्रवेश गर्न दिएको प्रहरीले पछि हल्ला धेरै भएपछि सबैलाई बाहिर जान आग्रह गरेको थियो…

Read More

अस्ट्रेलियामा नेपाली महिलाहरुको तीज दर

अस्ट्रेलियामा नेपाली महिलाहरुको तीज दर

सिड्नी-अस्ट्रेलियाको न्युसाउथवेल्य राज्यमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको सबर्ब अर्थात् ठाउँ हो अबर्न। करिब डेढ लाखको हाराहारीमा रहेका नेपालीहरू अचेल अस्ट्रेलियाको कुनाकुनामा पुगिसकेका छन् तर सिड्नीको केन्द्रबाट करिब २२ किलोमिटर पश्चिममा अवस्थित यो ठाउँले आधिकारिक रूपमा नै सबैभन्दा बढी नेपालीभाषी रहेको अस्ट्रेलियाको सबर्बको रूपमा नाम केही समयअघि लेखाइसकेको छ। यसको झझल्को सजिलैसँग यहाँका सडक र गल्लीहरूमा केहीबेर हिँड्दाबित्तिकै पाउन सकिन्छ।बाक्लै रूपमा नेपाली पसलहरू, रेष्टुरेन्टहरू तथा नेपालीभाषीहरू यस क्षेत्रमा भेटिन्छन्। त्यसैले पनि नेपाली चाडपर्वहरू आउनासाथ यो ठाउँलाई पनि नेपालमय हुन मन लाग्छ र यहाँका नेपालीहरू जुट्ने गर्छन् अलिकति नेपाल सम्झिन, केही व्यस्तताको…

Read More

यस पटकको गाइजात्रा महोत्सव साउन ३१ र ३२ गते राष्ट्रिय नाचघरमा

यस पटकको गाइजात्रा महोत्सव साउन ३१ र ३२ गते राष्ट्रिय नाचघरमा

  हास्य कलाकारहरूको महामेला (गाईजात्रा राष्ट्रिय महोत्सव) यस वर्ष राष्ट्रिय नाचघरमा हुने भएको छ । बर्सेनि दर्शकहरूको विशेष रोजाइमा पर्ने हास्य व्यंग्य महोत्सव गाईजात्रा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गर्ने भएको हो । यही साउन ३१ र ३२ गते हुने गाईजात्रामा नेपालका ख्यातिप्राप्त हाँस्यकलाकारहरू प्रभाकर देव शर्मा, दमन रुपाखेती, विष्णु सापकाेटा (हर्के हल्दार), पल्पसा डंगाेल (चम्सुरी), राजन थापा, घनश्याम गाैतम ( नक्कली प्रचण्ड), सुरेश तिमिल्सिना ( नक्कली केपी ओली), मञ्जु श्रेष्ठ, सन्ताेष खनाल, पुष्पराज अवस्थी, सुशीला निराैला, दिलिप तामाङ, शुवी शाही, शशी थापा, विपिन घिमिरे र लक्ष्मण गाम्नागे लगायतको बेजाेड…

Read More

गीतमा मुन्नीसँग शाहिलको प्रेम

गीतमा मुन्नीसँग शाहिलको प्रेम

गीतमा मुन्नीसँग शाहिलको प्रेम शाहिल खड्काको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सरीमै लाउने’ बोलको गीतको शब्द तथा संगीत पनि खड्का आफैंले तयार गरेका हुन् । दीपक आचार्यको निर्देशनमा बनेको भिडियोमा भद्रगोलकी ‘मुन्नी’ क्यारेक्टरबाट परचित प्रियंना आचार्यको अभिनय रहेको छ । भिडियोमा गायक शाहिल आफैं पनि देखिएका छन् । सागर मगरको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । भिडियोमा सहायक निर्देशकको काम नेत्र राउतले गरेका छन् ।

Read More

कसले गर्ला नम्रतालाई नकारात्मक भूमिकाको अफर ?

कसले गर्ला नम्रतालाई नकारात्मक भूमिकाको अफर ?

  कलाकार भैसकेपछि फरक–फरक भूमिकामा काम गर्न सक्नुपर्छ । कलाकार भर्सटायल भएमात्र दर्शकले पनि रुचाउँछन् । एउटै किसिमको अभिनय गरेर धेरै कलाकार हराएका छन् वा चाडै पलायन पनि भएका छन् । नेपाली चलचित्रमा भर्सटायल अभिनय गर्ने कलाकार थोरै छन् । यसमध्ये एक हुन्, नायिका नम्रता श्रेष्ठ । नम्रता श्रेष्ठले चलचित्रमा हरेक किसिमको भूमिका गर्दा दर्शकले उनलाई रुचाएका छन् । अब, भने नायिका श्रेष्ठले आफूलाई नकारात्मक भूमिकामा काम गर्न मन लागेको बताएकी छिन् । चलचित्रमा उनी प्रेमिकादेखि मार्सल आर्ट खेलाडीसम्म भएकी छिन् । अब, भने चलचित्रमा नेगेटीभ क्यारेक्टर गर्न मन लागेको…

Read More

फिल्म ‘मारुनी’ को सार्वजनिक पास्टरमा राम्राज्ञी, पुष्प र रेविका

फिल्म ‘मारुनी’ को सार्वजनिक पास्टरमा राम्राज्ञी, पुष्प र रेविका

  फिल्म ‘मारुनी’ को दुई वटा अफिसियल पास्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री राम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का र अभिनेत्री रेविका गुरुङले स्थान पाएका छन् । फिल्म निर्देशक नवल नेपालले खोलेका छन् । पुनम गौतमले निर्माण गरेको फिल्म ‘मारुनी’ बाट अभिनेत्री रेविका गुरुङले डेब्यु गरेकी हुन् । पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई सञ्जय लामाले छायाङ्कन गरेका छन् । स्मपादनको कार्य मित्र डी गुरुङले गरेको फिल्म भदौ १३ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा राम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङसंगै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शङ्कर सेढाई,…

Read More

शाहरुख खानकी छोरी सहाना यी तस्विरका कारण भाईरल

शाहरुख-खानकी-छोरी-सहाना-यी-तस्विरका-कारण-भाईरल

  बलिउड अभिनेता शाहरुख खानकी छोरी सहाना खान समयसमयमा चर्चामा आउँने गर्छिन । उनले अहिले बलिउडमा डेब्यु गरेको खबरले पनि उत्तिकै चर्चा पाएको छ । उनी सबैभन्दा चर्चामा आउँने भनेको उनका तस्विरका कारणले गर्दा हो । उनले भारतमा अहिले चलिरहेको आम निर्वाचनमा पहिलोपटक भोट गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् । उनी भारत आउँदा उनका केही विमानस्थलमा तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सहाना खान समयसमयमा चर्चामा आउँने गर्छिन । उनले अहिले बलिउडमा डेब्यु गरेको खबरले पनि उत्तिकै चर्चा पाएको…

Read More

कलाकारिताको विकल्पमा व्यवसाय, को के गर्छन् ?

कलाकारिताको-विकल्पमा-व्यवसाय,-को-के-गर्छन्

  नेपाली चलचित्र उद्योगमा कलाकार र निर्देशकको पारिश्रमिकबारे बेलाबेला चर्चा चल्ने गर्छ । चलचित्रको व्यापार ओरालो लागिरहेका बेला कलाकारको पारिश्रमिकको पारो भने चढिरहेको निर्माता गुनासो गर्छन् । कलाकारले पारिश्रमिक बढाएकै कारण चलचित्र निर्माण गर्ने आँट गर्न नसकेको पुराना निर्माताहरुले बताइरहेका छन् भने नयाँ निर्माताहरु पनि कमैमात्रै दोहोरिने गरेका छन् । बजार र व्यापारको तुलनामा कलाकारको पारिश्रमिक महँगो भएको गुनासो एक पक्षबाट आइरहेका बेला स्वयम् कलाकार भने वैकल्पिक पेसा अपनाइरहेका छन् । बजारमा रुचाइएका कलाकारहरु नै वैकल्पिक पेशा गरिरहेका छन् । वैकल्पिक पेशा अपनाउनेमा चलचित्रमा मुख्य अभिनय गर्नेदेखि चरित्र अभिनयमा जम्नेसम्म…

Read More

सबै सम्पती बेचेर छोरो अमेरिका, गाउँमा बुढी आमाको बिचल्ली (भिडियो)

सबै-सम्पती-बेचेर-छोरो-अमेरिका,-गाउँमा-बुढी-आमाको-बिचल्ली-(भिडियो)

  भनिन्छ नि, आमा बाबु बाहेक संसारमा सबै थोक पाईन्छ । आफ्ना सन्तानको भविष्य उज्जवल बनाउनको लागी बाबु आमाले ज्यादै दुःख कष्ट गरेका हुन्छन् । अझ बाबुको सानैमा मृत्यू भएपछि एक्ली बनेकी आमाले झन ठूलो कष्ट र बेदना सहनु पर्ने हुन्छ । छोरा पढेर ठूलो मान्छे हुन्छ भन्ने अभिलासाले भोको पेटमा पटुकी कस्दै हुर्काएकी आमाले छोराबाट धेरै आशा र अपेक्षा गरेकी हुन्छिन् । एक दिन छोराको अमेरिका भिषा लाग्छ २ बर्षको अमेरिका बसाईपछि छोरा गाउँमा फर्किन्छ । आमालाई पनि अमेरिका लैजाने भन्दै फकाएर सबै घर जग्गा बिक्री गर्छ । एयरपोर्टमा…

Read More

दुर्घटनामा पर्नुअघि समिक्षाले गाइन्–मैं मरे तिमीलाई कस्ले माया गर्छ !

दुर्घटनामा-पर्नुअघि-समिक्षाले-गाइन्–मैं-मरे-तिमीलाई-कस्ले-माया-गर्छ-!

  मुटु माग्यौं तिमीले मैंले बाँच्नुपर्छ मैं मरे तिमीलाई कस्ले माया गर्छ ! मर्नुनै रहेछ त समिक्षा सुवेदीले जीवनको अन्तिम क्षण हाँस्दै रमाउँदै र गाउँदै यो गीत गाइन् । अष्ट्रेलियाको मोनारो राजमार्गमा दुर्घटनामा परी ज्यान गुमाएकी समिक्षा सुवेदीले कारको अगाडि सिटमा बसेर लाइभ भिडियो यो गीत गाएको देखिन्छ । दुई नेपालीमध्ये समिक्षा सुवेदी कारको अगडिको सिटमा खुबै रमाउँदै गाइरहेको देखिन्छिन् । उनीसहित पाँचजना १२ साउनको विहान तीन बजे यात्राका क्रममा तिव्र गतिमा रहेको कारभित्र बसेर भिडियो समेत खिचेका छन् । फेसबुकमा उनीहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । रमाउँदै साथीहरुसँग सेल्फी…

Read More