काठमाडौँ — मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुँदै छन् । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज हुन लागेका हुन् । फाइल फोटो ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’,कार्यकारी निर्देशक डा. खड्गाले निकालेको विज्ञप्तिमा उल्लेख छ। ओलीको २१ गते बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणका लागि ओली १९ गते भर्ना भएका थिए । ओलीका मिर्गौलादाता समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी थिइन् । काठमाडौँ — मिर्गौला प्रत्यारोपणपछि त्रिवि…
Read MoreCategory: राजनीति
अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण
सिड्नी — अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । डट्टनले एक विज्ञप्तिमार्फत आफूलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि गरेका हुन् । क्विन्स्ल्यान्डको एक अस्पतालमा उनको उपचार भइरहेको स्थानीय सञ्चारमाध्यम एबीसीले जनाएको छ। अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टन तस्बिर : रोयटर्स डट्टन गत मंगलबार सिड्नीमा आयोजना गरिएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सोही दिन व्यावसायिक विमानबाट क्विन्स्ल्यान्ड फर्किएका थिए। आफूलाई सन्चो नभएपछि स्थानीय अस्पतालमा जचाँउन गएका उनलाई कोभिड-१९ को संक्रमणको पुष्टि भएको हो। उनले सार्वजनिक गरेको विज्ञप्तिमा क्विन्स्ल्यान्ड सरकारको नियमअनुसार भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना हुनुपर्ने भएकोले आफूले…
Read Moreबामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय
१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । उनकाअनुसार गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको सिफारिस गर्नेछ । बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको शर्तलाई अस्वीकार गरेको छ । र, गौतमको मागअनुसार संविधान संशोधन गर्न अघिल्लो बैठक बनाएको कार्यदललाई भङ्ग गरेको छ । यसअघि राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग गर्दै माघ…
Read Moreभिम रावलले प्रधानमन्त्रीलाई सोधे, प्रधानमन्त्रीज्यू देशलाई आमा भन्छौं, कसरी का’टेर खान सक्नुभो ?
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा जन्मस्थान पुगेर केक खाएको विषयमा अहिले सामाजिक सञ्जाल तातेको छ । यस विषयमा प्रधानमन्त्री ओलीले भने कुनै प्रतिकृया दिएका छनैनन् । आफ्नो जन्मस्थानमा जन्मदिन मनाउने प्रधानमन्त्री ओलीको चाहना अनुरुप तेह्रथुममा उनको धुमधामका साथ जन्मदिन मनाइएको हो । सो क्रममा प्रधानमन्त्रीले अन्य विकासका काम पनि गरेका छन् । आफ्नै पुख्र्यौली जमिन कृषीको विकासका लागि दिने निर्णय गरेका छन् । मदनभण्डारी जन्मस्थान र तेह्रथुम जोड्ने सडकको सिलान्यास गरेका छन् । तर उनले गरेका सकारात्मक कामको भन्दा केकको विषयमा सामाजिक सञ्जालमा धेरै टिका…
Read Moreप्रधानमन्त्री ओलीद्वारा काठमाडौं उपत्यकामा भूमिगत विद्युत वितरण प्रणालीको शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौं उपत्यकामा भूमिगत विद्युत वितरण प्रणालीको शुभारम्भ गरेका छन् । सोमबार बिहान महाराजगन्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमिगत विद्युत वितरण प्रणालीको शुभारम्भ गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा भूमिगत प्रणालीबाट विद्युत वितरण गर्ने तयारी थालेको हो । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भूमिगत विद्युत वितरणबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । महाराजगञ्जअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने र २५० किलोमिटर अप्टिकल…
Read Moreमहिला-पुरुषलाई समान ढंगले अगाडि बढ्नुपर्छ-मुख्यमन्त्री राउत
मुख्यमन्त्री लालबाबु राउतले महिला र पुरुष समान ढंगले अगाडि नबढेसम्म समाजको विकास हुन नसक्ने बताएका छन् । गोतामे पत्रकारिता स्वर्ण पदक वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राउतले दुवैलाई समान ढंगले अगाडि बढाउन प्रदेश सकारले प्रयास गरिरहेको बताए । कार्यक्रममा मुख्यमन्त्री राउतले पछाडि परेको समुदायको सशक्तीकरणका लागि प्रदेश नं २ सरकार लागि परेको दाबी गरे । ‘समाजमा अझै पनि महिला दलित, समाजका कमजोर पक्ष, विपन्न, मुस्लिमलाई हेर्ने दृष्टिकोण त्रुटि छ । त्यसमा परिवर्तन नगरेसम्म समाज विकसित हुन सक्दैन । समाजलाई अगाडि बढाउन उनीहरुलाई सशक्त बनाउनुपर्छ,’ उनले भने । २१ औं शताब्दीमा पनि…
Read Moreभ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु हुन् – राष्ट्रपति
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित नगरिकन राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न कठिन हुने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उहाँले वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएकाले ती पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले समाजमा भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु भएको उल्लेख गर्दै नैतिकवान्, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोड दिनुभयो…
Read More“ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुस्, अप्ठ्यारो परे मलाई भन्नुस्”
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहोर्याए । उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए । निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, “केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ,…
Read Moreस्थानीय सरकारको प्रश्न– भैंसी जचाउन सिंहदरबार आउने ?
२६ मंसिर, काठमाडौं । तीन तहको सरकारको संवैधानिक अवधारणाले गाउँ–गाउँमा सिंहदरबार पुग्यो भनियो । कोही भन्छन् गाउँमा सिंहमात्र पुगे दरबारचाहिँ केन्द्रमै रह्यो । अनि कोही भन्छन्– गाउँमा ‘छोटे राजा’ जन्मिए । स्थानीय तहका जनप्रतिनिधिका कामलाई लिएर बिभिन्न टिकाटिप्पणी भइरहेका बेला बुधवार काठमाडौं ‘गाउँका सिंह’ भेला भएर गर्जिए । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले त केन्द्र र प्रदेश सरकारका मन्त्रीलाई संविधान मुनिका छोटे राजाको संज्ञा दिए । सबैतिरबाट स्थानीय सरकारमाथि प्रहार भइरहेका बेला स्थानीय तहका जनप्रतिनिधि भने संवैधानिक र कानुनी जटिलताको जाँतोमा पिसिएका छन् । संविधानविद डा.विपिन अधिकारीले पनि यसमा सहमत…
Read More३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री
मंसिर २३,काठमाडौँ । फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छिन् । उनी देशको राजनीतिक इतिहासमा सबैभन्दा युवा प्रधानमन्त्री बनेकी छिन् । मरिनले यही हप्ता नै पदभार ग्रहण गर्ने बताइएको छ । मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा ५ दल सहभागी हुनेछन्, सबै दलको नेतृत्व महिलाहरुले गर्नेछन् । फिनल्याण्डका पूर्व प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएपछि सना मरिनलाई प्रधानमन्त्री बन्न जोड दिइएको थियो । यसअघि उनी पहिवहन र सञ्चार मन्त्री पनि रहेकी थिइन् । ३४ वर्षीया मरिन विश्वकै युवा प्रधानमन्त्री बनेकी छिन् । उनले युक्रेनका प्रधानमन्त्री ओलेक्सी…
Read More