कोरोनाको औषधि भन्दै बेचियो गाईको गोबर विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको र यसको खास औषधिको आविष्कार हुन नसकेको बेला यसको औषधि दाबी गर्दै विभिन्न अफवाहरू फैलिने क्रम रोकिएको छैन । यसैबीचमा छिमेकी मुलुक भारतमा कोरोनाको औषधि भन्दै गाईको गोबर र गहुँत बेच्न थालिएको छ । भारतको पश्चिम बंगालस्थित हुगली जिल्लाको डानकुनी इलाकाबाट कोरोनाको औषधि भन्दै गाईको गोबर र पिसाब बेच्ने एकजना मानिस पक्राउ परेका हुन् । दुध बिक्रेता माबूद अलि नामका ती व्यक्तिमाथि आममानिसलाई धोकाधडी गरेको र धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाइएको छ । समाचारअनुसार, अलीलले सोमबारबाटै कोरोनाको औषधि…
Read MoreCategory: विश्व
जब एउटा बाल्टिनका लागि दुई देशबीच भएको थियो भीषण युद्ध
विश्वको इतिहासमा एकसेएक हिंस्रक युद्धहरू भएका छन् । जसमा लाखौं मानिसहरूको ज्यान गएको छ । यीमध्ये अधिकांश युद्धहरूमा राजनीतिक कारण हुन्थ्यो । तर आजभन्दा करिब ६ सय ९५ वर्षअघि एउटा यस्तो युद्ध भएको थियो जुन युद्धको कारकतत्व केवल एउटा बाल्टिन थियो । बाल्टिनका कारण भएको उक्त युद्धमा २ हजारभन्दा धेरै मानिस मारिएका थिए । यो घटना सन् १३२५ को हो । त्यस समय इटालीमा धार्मिक तनाव निकै बढेको थियो । त्यहाँको बोलोग्ना र मोडेनाको बीचमा प्रायः युद्ध भइरहन्थ्यो । किनकि, बोलोग्नालाई इसाई धर्मगुरु पोपको समर्थन मिलेको थियो भने मोडेनालाई रोमन…
Read Moreयस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ
के तपाइँले यस्तो खेत देख्नुभएको छ जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ? अमेरिकाको नेवादामा एउटा यस्तो ठाउँ छ, जहाँ कारहरु फल्दछन् । नेवादाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो । उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन् । माइकल मार्क रिप्पी नामका व्यक्ति सन् २०११ मा त्यस ठाउँमा जमीनमा कार गाड्ने काम गरेका थिए । चौरमा रुख ठडिएझैँ गरी कारहरु गाडिएका छन् । सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ । अहिले उक्त ठाउँमा ४० वटा भन्दा धेरै पूराना…
Read More७५ प्रतिशत अंकसहित १ सय ५ वर्षकी हजुरआमाले गरिन् ४ कक्षा पास
मान्छेको मनको दृढ इच्छालाई उमेरले रोक्दैन । हालै १ सय ५ वर्षकी एक हजुरआमाले झण्डै ७५ प्रतिशत अंक हासिल गरी ४ कक्षा पास गरेर यो तथ्य पुष्टि गरिदिएकी छन् । छिमेकी मुलुक भारतको केरलाकी यी वृद्धाको नाम भगिरथी अम्मा हो । गत वर्षको नोभेम्बरमा केरला प्रान्तको साक्षरता अभियानद्वारा कोल्लममा आयोजित ४ कक्षाको परीक्षामा उनी सहभागी भएकी थिइन् । हालै उक्त परीक्षाको नतिजा प्रकाशित भएको छ । जसमा भगिरथीले कूल २ सय ७५ पूर्णांकमा २ सय ५ अर्थात् ७४.५ प्रतिशत अंक हासिल गरिन् । उक्त साक्षरता अभियानमा कूल ११ हजार ५९३…
Read More१५ श्रीमतीसँग सगोलमा बस्ने राजा, उपहारका लागि २ अर्बका कार
राजाहरू धेरै श्रीमती राख्नमा खप्पिस हुन्छन् भन्ने कुरा हाम्रै देशको इतिहास पढ्दा पनि थाहा हुन्छ । हाम्रोमा अहिले राजतन्त्र छैन त्यसैलले बहुपत्नीवाला राजा पनि छैनन् । तर यो जमानामा दुनियाँको एउटा देशका राजासँगै १५ वटी पत्नी छन् । अफ्रिकी देश स्वाजिल्याण्डका राजा मस्वाती तृतीय आफ्ना १५ जना पत्नीसँग सगोलमा बस्दै आएका छन् । अझ रोचक त के भने आफ्ना पत्नीहरूलाई उपहार दिनका लागि उनले झण्डै २ अर्ब रुपैयाँबराबरका लग्जरी कार खरिद गरेका छन् । हुन त ती राजाका १६ वटा पत्नी थिए । तीमध्ये १ जना पत्नीको मृत्यु भइसकेको छ…
Read Moreचीनले बनायो अन्तरीक्षयान जस्तै देखिने विचित्र एयरपोर्ट
काठमाडौं । भौतिक विकासको तथा पूर्वाधारको मामिलामा चीनले चमत्कार गर्दै आएको छ । पछिल्लो पटक चीनले एउटा यस्तो अदभुत विमानस्थल तयार गरेको छ, जसले पूर्वाधारको क्षेत्रमा चीन कति अगाडि छ भन्ने देखाउँदछ । यो एयरपोर्टको तस्वीर पहिलोपटक देख्दा त्यो कुनै सामुदि्रक जीव आकारको काल्पनिक अन्तरीक्षयान जस्तो लाग्दछ । सामुदि्रक जीव स्टारफिस आकारको यो एयरपोर्टको दुई महिना अघि मात्रै चिनियाँ राष्ट्रपतिले उदघाटन गरेका हुन् । चीनको बेइजिङमा बनेको यो विमानस्थलको नाम डाजिङ्ग इन्टरनेशनल एयरपोर्ट हो । ११ अर्ब डलर लागतमा यो एयरपोर्ट तयार भएको हो । ९८ वटा फुटबल मैदान बराबरको…
Read Moreकुखुराको हत्याले तहल्का, ७ जनाविरुद्ध मुद्दा
काठमाडौं । यो दुनियामा मान्छेको हत्या हुँदामात्र तहल्का मच्चिने होइन रहेछ । कहिलेकाहीँ एउटा कुखुराको हत्या हुँदासमेत ठूलै काण्ड मच्चिँदो रहेछ । छिमेकी मुलुक भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर ठूलै दंगाफसाद भएको छ । यो काण्डमा अहिलेसम्म ७ जना पक्राउ गरी पुलिसले मुद्दा दर्ता गरिसकेको छ । मृतक कुखुराको पोस्टमार्टम भैसकेको छ भने घटनाको थप छानविन पुलिसले गरिरहेको छ । मान्छेको हत्या हुँदासमेत पुलिस चुप लागेर बसेको भन्ने आरोप लाग्छ हाम्रो देशमा । तर भारतमा चाहिा कुखुराको मृत्युको घटनाले पुलिसको निद भगाइदिएको छ । बिहारस्थित कैमुर जिल्लाको फिरोजपुर गाउँमा…
Read Moreबीमा कम्पनीले मरेको प्रमाण मागेपछि लास बोकेरै कार्यालयमा
जीवन बीमा गर्नुको प्रमुख उद्देश्य भनेकै अकालमा मृत्यु हुँदा परिवारजनलाई आर्थिक रूपमा केही भरथेग होस् भन्नु हो । तर च्याउसरी खुलेका बीमा कम्पनीहरूले ग्राहकबाट प्रिमियम लिइरहने तर बीमा दाबी भुक्तानी गर्नुपर्दाचाहिँ अनेक निहुँ खोज्दछन् । बीमा कम्पनीहरूको यस्तो बदमासी केवल हाम्रो देशमा मात्र होइन रहेछ । दक्षिण अफ्रिकामा हालै एउटा अनौठो घटना भएको छ । एउटा बीमा कम्पनीले बिमितको मृत्युपछि बीमा दाबी भुक्तानी गर्न प्रमाण खोजेपछि आफन्तहरू मृतकको लास नै बोकेर बीमा कम्पनीको कार्यालयमा पुगेका छन् । समाचार अनुसार ४६ वर्षका सिफिसो जस्टिस म्हेल्गो नामका पुरुषको गत नोभेम्बर ७ का…
Read Moreयी हुन् दुनियाका सबैभन्दा धेरै चिनी खाने देश
यी हुन् दुनियाका सबैभन्दा धेरै चिनी खाने देश चर्चित मेडिकल जर्नल ल्यान्सेटमा ग्लोबर बर्डन अफ डिजिज-२०१९ को एक रिपोर्ट हालै प्रकाशित भएको छ । जसमा दुनियाका १९५ वटा देशका स्वास्थ्य सम्बन्धी विभिन्न आँकडाहरु प्रस्तुत गरिएको छ । ती मध्ये एउटा रोचक आँकडा पनि छ । त्यो हो दुनियाका विभिन्न देशका जनताले कति चिनी खान्छन् ? तथ्यांक अनुसार इजरायलीहरुले दुनियामा सबैभन्दा धेरै चिनी खाने गरेका छन् । सन् २०१८ मा इजरायलमा प्रतिव्यक्ति वार्षिक चिनी खपत ६० किलो थियो । अर्थात् हरेक इजरायलीले प्रतिदिन १६५ ग्राम चिनी खपत गर्दछन् । इन्टरनेशनल…
Read Moreयस्तो देश, जहाँ अपराधीलाई रक्सी चढाएर पूजा गरिन्छ
भगवानको पूजा हुनु त स्वभाविकै हो । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ अपराधीको समेत पूजा हुन्छ । अझ रोचक त के भने अपराधीलाई पूजाका क्रममा रक्सी चढाइन्छ । अपराधीलाई रक्सी चढाएर पूजा गर्ने यो परम्परा दक्षिण अमेरिकी देश भेनेजुयलामा रहेको छ । त्यहाँका मानिसहरू मृत्यु भइसकेका खुंखार अपराधीहरूको मूर्ति बनाएर पूजा गर्दछन् । स्पेनिश भाषामा अपराधीका देवतालाई स्यान्टोस मेलेन्ड्रोस भनिन्छ । मरिसकेका अपराधीको मूर्ति बनाएर त्यसमा अपराधका देवता सम्झिएर मानिसहरू पूजा गर्दछन् । अपराधी जति धेरै खुंखार भयो उसको उति नै भव्य पूजा हुन्छ । मानिसहरू अपराधीको…
Read More