चीनको सहयोगमा निर्माण भएको सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठानमा अमेरिकी सेना सहभागी भएको छ। प्राथमिक उपचार सम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम एक सातासम्म चल्ने छ। नेपालका १८ सदस्यलाई भेला गराएर प्राथमिक उपचारकसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान गराएको दूतावासले जनाएको छ। अमेरिकी सैनिक र सशस्त्र प्रहरीबीचको यो दोस्रो अभ्यास हो। गत २०७५ चैत २५ देखि २९ गतेसम्म सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा पहिलो अभ्यास सञ्चालन भएको थियो। चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा उक्त कार्यक्रम चलेको हो। उक्त प्रतिष्ठान चिनियाँ सहयोगमा निर्माण भएको हो। विषय विद् आदानप्रदान कार्यक्रम…
Read MoreDay: July 23, 2019
५ हजार मेगावाट विद्युत आयात निर्यात गर्न सकिने नेपाल-चीन प्रशारणलाइन अगाडि बढ्यो
५ हजार मेगावाट विद्युत प्रशारण क्षमता भएको नेपाल-चीन ४०० केभी अन्तरदेशीय प्रशारणलाइनको पूर्व सम्भाव्यता अध्ययन (प्रि-फिजिविलिटी) को काम सम्पन्न भएको छ। तत्कालिन नाकाबन्दीको समयमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल चीन अन्तरदेशीय प्रशारणलाइन निर्माणको परिकल्पना गरेका थिए। प्रधामन्त्री ओलीको दोस्रो चीन भ्रमणमा प्रमुख एजेण्डा बनेको अन्तरदेशीय प्रशारण लाइनको निर्माणले अहिले आएर मुर्त रुप पाउन लागेको हो। नेपालतर्फ मात्रै करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको रातोमाटे-केरुङ प्रशारणलाइन नेपाल-चीनको रणनीतिक महत्वको प्रशारणलाइन हो। ‘आयोजनाको प्रि-फिजिविलिटी सकिएको छ’ रातोमाटे-केरुङ ४०० केभी प्रशारणलाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले बिजमाण्डूलाई भने, ‘रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज…
Read Moreघाइते नेपाललाई मलेसियाविरुद्धको खेल चुनौतीपूर्ण
आइसिसी टी–२० विश्वकप छनोट– एसिया २०१९ नेपाल भर्सेस मलेसिया बुधबार, साउन ८ गते, विहान ७:१५ बजे इन्डियन एसोसिएसन मैदान, सिंगापुर आइसिसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगिताको पहिलो खेलमा पराजित भएको नेपालका लागि बुधबार हुने मलेसियाविरुद्धको खेल चुनौतीपूर्ण देखिएको छ। कप्तान पारस खड्का घाइते छन् भने पहिलो खेलमा हारेको नेपाललाई विश्व छनोटमा पुग्न मलेसियालाई हराउने पर्ने दबाब छ। कप्तान खड्का मंगलबार कतारविरुद्ध ४ विकेटले हारेको खेलमा घाइते भएका थिए। कम्मर दुखेका कारण पारस कतारविरुद्ध दोस्रो इनिङमा मैदान उत्रन सकेनन्। नेपालका लागि ओपनिङ गरेका पारसले २८ रन जोडेका थिए। घाइते…
Read More७ वटा सवारी साधन आपसमा ठोकिंदा २ जनाको मृत्यु, ९ घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा–१५ चुरियामाईमा सातवटा सवारी साधन आपसमा ठाेकिएर भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। चुरियामाईमा रोकिराखेका चारवटा गाडीमा गुडिरहेको एक मोटरसाइकलसहित अन्य दुईवटा सवारी साधन ठोकिंदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले बताएका छन् । भट्राईका अनुसार दुर्घटनामा परी नाैजना घाइते भएकामा आठजना घर फर्किसकेका र बाँकी एकजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बिहान करीब साढे ११ बजे भएको उक्त सडक दुर्घटनाका कारण मोटरसाइकल र अटो रिक्सामा धेरै र अन्य सवारी साधनमा कम क्षति भएको उनले बताए ।
Read Moreअहिले प्राइभेट अस्पतालमा बच्चा जन्मँदा किन अधिकांशको अपरेसन हुन्छ ? साथै, बच्चा जन्मिनेबित्तिकै किन सासको समस्या छ भनेर ‘एनआईसीयू’ मा राखिन्छ ? मैले भोगेको छु ।
हाम्रो समाजमा स्वास्थ्य सेवा उपलब्ध हुँदा पनि अस्पताल जानुपर्छ भन्ने चेतना छैन । ट्वाइलेट गएपछि हात धुनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ तर मान्छे फेरि पनि हात किन धुँदैनन् ? चेतना शिक्षासँगभन्दा बढी व्यवहारसँग जोडिन्छ । अस्पताल जाने कुरा शिक्षासँगै व्यवहारमा पनि भर पर्छ । सास नफेर्नोस् है, नत्र सुईले फोक्सो छेडिन सक्छ ।’ करिब ९ वर्षअघि वीर अस्पतालमा डाक्टरले यसो भन्दै गर्दा म आत्तिएको थिएँ । मेरो छातीको पछाडिबाट सुई छेडिंदै मेरो फोक्सोसम्म पुर्याइएको थियो । सिटी स्क्यानले मेरो फोक्सोमा सानो बिमिराजस्तो केही पलाएको देखाएको थियो । त्यो कतै क्यान्सर त होइन भनेर जाँच्न मेरो फोक्सोको बिमिराको…
Read Moreबाग्लुङमा पहिरोले पुरिएर एकजनाको मृत्यु
गयराति देखी निरन्तर रुपमा परेको अबिरल बर्षा सगैंको पहिरोको कारण गलकोट नगरपालिका बडा नम्बर ८ ज्यामिरेमा पुरीएर एक जनाको ज्यान गएको छ । गलकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरे मा मंगलबार बिहान घर तथा गोठ माथिबाट पहिरो झरेपछि गोठ भित्र काम गदैं गरेकी १७ बर्षकी सिता गौतमको पुरीएर ज्यान गएको प्रहरी ले जानकारी दिईएको छ। स्थानिय पिताम्बर गौतमको घर तथा गोठ माथिबाट बिहान करिब साढे ५ बजेको समयमा पहिरो गएको थियो । अन्य परिबारका सदस्य भने घरमा रहेकोले सुरक्षित रहेको स्थानियले बताए । पहिरोमा पुरीएकी गौतमकोे करिब १ घण्टा पछि…
Read Moreगुल्मीको सत्यवतीमा पहिरोले ९ जनाको मृत्यु, ४ बेपत्ता
पाल्पा — अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना सम्पर्कविहीन छन् । सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एकाघरका आमा छोराको मृत्यु भएको छ भने सत्यवती–३ कै कसिङ्थलामा २ जनाको ज्यान गएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए। सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार अहिलेसम्म ४ जना बेपत्ता छन्। बेपत्ता भएकाको अहिलेसम्म जानकारी केही नआएको उनले बताए। घटनास्थल कालीगण्डकी कोरिडोरबाट झण्डै दुई घण्टा ठाडो उकालो हिँडेपछि मात्र पुग्न सकिन्छ। तीन…
Read Moreफोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना हुने !
सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख…
Read Moreआज ४१ औं पुष्पलाल स्मृति दिवस : विभिन्न कार्यक्रम गरि मनाईंदै
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस आज मनाइँदैछ । दिवसका अवसरमा पुष्पलालको सम्झनामा आज विविध कार्यक्रम गरिने नेकपाले जनाएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा आज कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यानमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिनेछ । वि.सं. १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शवसमेत नेपाल ल्याउन दिएको थिएन । वि.सं. १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा…
Read Moreआन्दोलन गर्ने साना व्यवसायी, वार्ता गर्ने ठूला उद्योगी
आर्थिक वर्ष २०७५/७६ को बजेट आउँदा सरकारसँग निकै खुशी भएका उद्योगी-व्यवसायीहरु अहिले भने बिच्किएका छन् । वित्तिय पारदर्शीताका लागि भन्दै सरकारले लागू गर्न खोजेका केही नीतिहरुले उनीहरुलाई रुष्ट बनाएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो दिनदेखि लागू भएका तीन नयाँ प्रावधानप्रति निजी क्षेत्रको असन्तुष्टि देखिएको हो । भेहिकल ट्राकिङ सिस्टम (भीसीटीएस), स्थायी लेखा नम्ब (प्यान) अनिवार्य र ढुवानीमा भ्याट जस्ता विषयहरुलाई लिएर उनीहरु सडकमै उत्रिए । यी विषयमा सहमति जुटाउन अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार ५ सदस्यीय बिवाद समाधान समिति गठन गरेका छन् । आइतबार भएको छलफलबाट निजी क्षेत्रका…
Read More