प्रदर्शनकारी र प्रहरी झडपका तस्बिरहरु

प्रदर्शनकारी र प्रहरी झडपका तस्बिरहरु

लोकसेवा विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । ‘आरक्षण बचाऔँ आन्दोलन’ को नाममा भृकुटीमण्डपबाट शनिबार दिउँसो निकालिएको जुलुस पुतलीसडक पुगेपछि प्रहरीसँग झडप भएको हो । झडपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायत आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ। आन्दोलनकारीलेदिउँसो ४ बजे लाठी जुलुस निकाल्ने कार्यक्रम थियो। तर, बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरु लाठी भृकुटीमण्डपमै खोसेपछि करिब ५ बज्नै लाग्दा विरोध र्‍याली निकालिएको थियो। लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता…

Read More

फेसबुकबाट काठमाडौं प्रहरी प्रमुखलाई गाली गरेको आरोपमा एक जना पक्राउ

फेसबुकबाट काठमाडौं प्रहरी प्रमुखलाई गाली गरेको आरोपमा एक जना पक्राउ

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍‍याई सकिएको छैन ।’ अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले पक्राउ गरेर पठाइसकेका छौं ।…

Read More

अर्काे निर्वाचनसम्म प्रधानमन्त्री मै हो, धैर्य गरौँः प्रधानमन्त्री ओली

म अझै १५ वर्ष मर्दिनँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगमी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहने बताएका छन् । उनले आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने संकेत दिए । पार्टी एकताका बेला प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । उक्त सहमतिमा ओली र दाहालले हस्ताक्षर गरेका छन् । तर आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले भने ‘अर्काे निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथिहरुलाई अर्काे निर्वाचनसम्म धैर्य गर्न आग्रह छ।’ ‘अहिले प्रधानमन्त्री ओली पद जाने भो भनेर लगलग लगलग काँपिरहेका छन् भन्ने सुन्छु, हो पद सबैको जान्छ, पद नगएको मैले संसारमा…

Read More

हङकङ आन्दोलनको ११ औं साता, दशौं हजार मानिसले निकाले र्‍याली

हङकङ आन्दोलनको ११ औं साता, दशौं हजार मानिसले निकाले र्‍याली

हङकङमा दुई महिनाभन्दा अघिदेखि निरन्तर आन्दोलन र प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शन रोकिने कुनै संकेतहरु देखिएका छैनन् । प्रदर्शनको ११ औं हप्तामा भारी वर्षाका बाबजुद पनि आज हङकङको भिक्टोरिया पार्कमा दशौं हजार प्रदर्शनकारीहरु जम्मा भएका छन् । गत हप्ता भएका हिंसात्मक घटनापछिको यो पहिलो प्रदर्शन भएको बताइएको छ । वर्षातका समयमा पनि किन र्‍याली ? यो र्‍याली नागरिक समाज र मानव अधिकारवादी संस्था (सीएचआरएफ) हरुले आयोजना गरेका हुन् । परम्परागत प्रजातन्तन्त्रमा विश्वास गर्ने यस संस्थाले गत जुनमा पनि दुई महत्वपूर्ण शान्तीपूर्ण र्‍याली आयोजना गरेको थियो । गत हप्ता हङकङ विमानस्थलमा…

Read More

जापानमा राती खाना खाएर श्रीमानसँगै सुतेकी गुल्मीकी एक महिला बिहान मृ*त फेला

जापानमा राती खाना खाएर श्रीमानसँगै सुतेकी गुल्मीकी एक महिला बिहान मृ*त फेला

जापानमा गुल्मीकी एक महिला मृ*त भेटिएकी छिन् । आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी ति महिला शुक्रबार बिहान मृ*त भेटिएको प्रहरीले जनाएको छ ।जिल्लाको चन्द्रकोट वार्ड नं १ दिब्रुङ माईती तथा मुसिकोट नगरपालिका वार्ड नं ६ कुर्घा स्थायी घर भई टोकियोस्थित किता कु ईताबासिमा अन्दाजी २९ वर्षीया महिला मृ*त फेला परेकाे जनाइएकाे छ । बेलुका श्रीमानसँगै सुतेकी ति महिलालाई बिहान एम्बुलेन्समा अस्पताल पुर्याईएको थियो । अस्पतालले करिब ६ घण्टा पहिले नै उनको मृ*त्‍यु भएको जानकारी दिएको थियो ।मृ*तक महिलाको श्रीमानलाई नियन्त्रणमा लिई स्थानिय प्रहरीले घ*टनाको अनुसन्धान थालेको छ…

Read More

प्रचण्डलाई कार्यवाहक अध्यक्ष सुम्पेर प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

प्रचण्डलाई कार्यवाहक अध्यक्ष सुम्पेर प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्रीको सिंगापुर प्रस्थान साउन ४ या ५ पाँच गते हुने उच्च सरकारी स्रोतले जनाएको छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् । अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट एक…

Read More

तपाईं पनि दबाव दिने अभिभावक पो पर्नुभयो कि ?

तपाईं पनि दबाव दिने अभिभावक पो पर्नुभयो कि ?

तपाईं पनि दबाव दिने अभिभावक पो पर्नुभयो कि ? बालबालिकालाई आफ्ना आमा-बुबाले जस्तो मायाप्रेम अरु कसैले गर्न सक्दैन । तर यही माया-पे्रम गर्ने क्रममा कुनै पनि कुराको लागि दवाव दिनु भनेको गलत कुरा हो । के तपाईं पनि त्यस्ता अभिभावकहरुमा पर्नु हुन्छ, जसले आफ्ना बच्चालाई अनावश्यक दवाव दिने गर्छन् । त्यस्ता अभिभावक, जसले आफ्ना बच्चालाई अनावश्यक दवाव दिएर उनीहरुको बाल्यपन बिगार्ने मात्र होइन, उनीहरुको भविष्यमा आउन सक्ने धेरै प्रकारका समस्याको बीजारोपण पनि गर्छन् । सधै कमी-कमजोरी निकाल्नु बालबालिकालाई सधै उनीहरुको गल्तिका बारेमा सम्झाइरहँदा उनीहरुमा एक प्रकारको दवाव पर्छ । यदि…

Read More

पुडाशैनीको श्रीमतीले दिइन् रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी, प्रहरी कार्यालयमा आफै पुगेकी सम्झना धरधरी रोइन्

पुडाशैनीको श्रीमतीले दिइन् रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी, प्रहरी कार्यालयमा आफै पुगेकी सम्झना धरधरी रोइन्

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको घटनामा पुडाशैनीको श्रीमती सम्झना घिमिरेले चर्चित टेलिभिजन कार्यक्रम रवि लामिछाने विरुद्ध उजुरी दिएकी छन् । प्रहरीले तीन दिन अघि नै सो घ टनाको छानविन गर्न रवि लामिछाने सहित तीन जनालाई प क्राउ गरी अनुसन्धान सुरु गरीसकेको छ । प्र करणमा छानबिनका लागि प क्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले आइतवार किटानी जाहेरी दिएको छ । लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा प क्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी…

Read More

स्वयम्भूमा प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा

स्वयम्भूमा प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा

महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् । नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् । स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो । ‘महिलाले भनेअनुसार सामान्य विषयमा विवाद हुँदा उनले मर्छु भन्दै पासो बेरेका थिए’, अनुसन्धान अधिकृत भन्छन्, ‘एक पटक त्यसो…

Read More

किशोरी बलात्कार आरोपमा कञ्चनपुरबाट २ पक्राउ, ३ जना फरार

किशोरी बलात्कार आरोपमा कञ्चनपुरबाट २ पक्राउ, ३ जना फरार

कञ्चनपुरकी एक किशोरी सामूहिक बलात्कारमा परेकाे आरोप परिवार र स्थानीयले लगाएका छन् । शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको दाबी परिवार र स्थानीयले गरेका हुन् । इलाका प्रहरी कार्यालय, झलारीका प्रमुख प्रहरी निरीक्षक नैन सिंह साउदले शुक्लाफाँटा नगरपालिका–९ कि किशोरी बलात्कृत भएको उजुरीपछि २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा पक्रेको हो । अभियोग लागेका अन्य ३ जना भने फरार छन् । उनीहरूको खोजी जारी…

Read More