भोलिबाट विश्वभर तेलको मूल्य बढ्दै

भोलिबाट विश्वभर तेलको मूल्य बढ्दै

काठमाडौं, २९ भदौ । सँसारभर पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि हुने भएको छ । सँसारमा सबैभन्दा बढी तेल उत्पादन गर्ने देश साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएपछि आधा उत्पादन घट्दा तेलको मूल्य वृद्धि हुने भएको हो । भोलि कच्चा तेलको मूल्य प्रति ब्यारले पाँच देखि सात डलर वृद्धि हुने अनुमान गरिएको छ । आर्थिक सम्बन्धि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भोलिको मूल्यको अनुमान लगाइसकेका छन् । मागभन्दा आपूर्ति कम हुनेवित्तिकै मूल्य वृद्धि निश्चित रुपमा हुने भएको हो । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको अबकैक र खुरैस गरी दुईवटा प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन…

Read More

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

  २९ भदौ, काठमाडौं । पछिल्लो समय आफ्नो घर बहालमा लगाउने घरबेटीले भाडावालसँग चर्को दरमा विद्युत महसुल उठाउने गरेको पाइएको भन्दै नेपाल विद्युत प्राधिकरणले चिन्ता व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरे । आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो । प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’ उनले घर बहालमा बस्नेहरुलाई विजुलीको दर/रेटबारे जानकारी लिएर त्योभन्दा बढी नतिर्न आग्रह गरे । प्राधिकरणले खपतका आधारमा…

Read More

रुपन्देहीमा गोली हानेर एक व्यक्तिको हत्या, ५ लाख लुटपाट

रुपन्देहीमा गोली हानेर एक व्यक्तिको हत्या, ५ लाख लुटपाट

भदौ २९, बुटवल । रुपन्देहीमा लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका-३ मा हत्या भएको हो । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए । श्राेत onlinekhabar

Read More

प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही छुटे

प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही छुटे

काठमाण्डाै – आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएर छोडेको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि एकछिन नियन्त्रणमा लिएर छोडिएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार शाहीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो । पत्रकार सम्मेलनमा विवाद चर्किने देखिएपछि सुरक्षाका लागि एकछिन परिसरमा राखेर छाडिएको प्रहरीको भनाइ छ । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले विरोध जनाएका थिए ।…

Read More

भ्रष्टाचारीलाई एक घण्टाभित्रै कारवाही : मुख्यमन्त्री राई

भ्रष्टाचारीलाई एक घण्टाभित्रै कारवाही : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सूचना पाएको १ घण्टाभित्र भ्रष्टाचारीलाई कारवाही गर्ने बताएका छन् । सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राई र सहभागी । तस्वीहरु : कमल रिमाल गृह मन्त्रालय र प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विराटनगरमा गरेको दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठीको अन्तिम दिन आइतबार मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले भ्रष्टाचारको सूचना दिन जिल्लाका सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरे । “अनियमितता, भ्रष्टाचार र कमिशनका घटना सुनिने गरेका छन्”, राईले भने, “म मुख्यमन्त्रीको हैसियतले यो रोक्न…

Read More

बेलायती पूर्वप्रधानमन्त्री जन्मिएको घरबाट सुनको ट्वाइलेट चोरी भयो

बेलायती पूर्वप्रधानमन्त्री जन्मिएको घरबाट सुनको ट्वाइलेट चोरी भयो

लण्डन : सुनका गहना चोरी भएको समाचार त आइरहन्छन् । इङ्ल्याण्डमा भने सुनको ट्वाइलेट नै चोरी भएको खबर सार्वजनिक भएको छ । इङ्ल्याण्डको अक्सफोर्डसायरस्थित ब्लेनहेइम प्यालेसबाट सुनको ‘कमोड’ चोरी भएको हो । समाचार अनुसार बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो । उक्त ट्वाइलेट इटालियन कलाकार माउरिजिओ क्याटलानले प्रदर्शनीका लागि राखेका थिए । जुन यही बिहीबार सर्वसाधारणका लागि खुला गराइएको थियो । थेम्स भ्याली प्रहरीका अनुसार उक्त ट्वाइलेट शनिबार बिहान ५ बजे चोरी भएको हो । घटनापछि ६६ वर्षीय एक पुरुष चोरसँग साँठगाँठ भएको…

Read More

सौरमण्डल बाहिरबाट आएको दोस्रो अन्तरब्रह्माण्डीय धुमकेतु

सौरमण्डल बाहिरबाट आएको दोस्रो अन्तरब्रह्माण्डीय धुमकेतु

मंगल ग्रहको कक्षतिर तीव्र गतिमा हुर्रिँदै गइरहेको एउटा धुमकेतु (पुच्छ्रेतारा) फेला परेपछि खगोलविदहरु उक्त धुमकेतु अन्तरब्रह्माण्डीय (सौरमण्डल बाहिरबाट आएको) हो होइन पत्ता लगाउन जुटेका छन्। क्रिमियाका एक सोखिन खगोलविद गेन्नाडी बोरिसोभले पत्ता लगाएको उक्त धुमकेतुको नाम सुरुमा जिबी००२३४ राखिएको भए पनि पछि बोरिसोभकै नामबाट सि/२०१९ क्यु४ (बोरिसोभ) राखिएको रोयटर्सले जनाएको छ। यो धुमकेतु हाम्रो सौरमण्डल भित्रकै नभएको प्रमाणित भए बाहिरबाट आएको दोस्रो अन्तर ब्रह्माण्डीय पिण्ड हुनेछ। अत्यन्त घुमाउरो (बाटुलो) कक्ष रहेको यो धुमकेतु अत्यन्तै अस्वाभाविक तीव्र गतिमा मंगलको कक्षनजिकबाट सूर्यतर्फ जानेछ। यसको अस्वाभाविक तीव्र गति र बाटुलाकार कक्षका आधारमा खगोलविदहरुले…

Read More

मन्त्री योगेश भट्टराईमाथि पारसको नाम लिँदै यात्रु खनिएपछि…

मन्त्री योगेश भट्टराईमाथि पारसको नाम लिँदै यात्रु खनिएपछि...

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्जबाट काठमाडौं आउने क्रममा आफ्नो कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् । शनिबार कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा नेपालगञ्ज एयरपोर्टमा मन्त्री भट्टराई केहीबेर ढिला आइपुग्दा यात्रुले उनीमाथि आक्रोश पोखेका थिए । सो घटना भएको केही घण्टापछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत क्षमा मागेका हुन् । मन्त्री भट्टराईले सम्पूर्ण यात्रु र विमानका कर्मचारीहरुले देखाएको समझ्दारीप्रति धन्यवाद समेत व्यक्त गरेका छन् । मन्त्री भट्टराईले आफुमाथि प्रस्तुत हुने केही व्यक्तिले पारसका विरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर आफुहरुलाई दुःख…

Read More

साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि विश्वभरि इन्धनको मूल्य बढ्न सक्ने चिन्ता

साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि विश्वभरि इन्धनको मूल्य बढ्न सक्ने चिन्ता

साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ। ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ। यो साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो। यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरिएको बताएका छन्। ‘अभूतपूर्व’ इरानमाथि आक्रमणको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ती ड्रोन यमनबाट आएको भन्ने कुराको कुनै प्रमाण नभएको बताएका छन्। पश्चिमा मुलुकहरूको समर्थन रहेको यमन सरकारलाई सघाउने…

Read More

फेरि नाकाबन्दी भए नेपाल-भारत पाइपलाइनबाट तेल आयात हुन्छ कि हुँदैन

फेरि नाकाबन्दी भए नेपाल-भारत पाइपलाइनबाट तेल आयात हुन्छ कि हुँदैन

पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्रोलियम पदार्थ आउन थालेपछि कतिपयले भविष्यमा फेरि नेपाल र भारतबीच तनाव उत्पन्न भएमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पर्छ कि पर्दैन भन्ने चासो राख्न थालेका छन्। सन् २०१५ मा नेपालले नयाँ संविधान जारी गरेका बखत चार वर्षअघि भारतले अघोषित रूपमा नाकाबन्दी लगाउँदा त्यसको सबैभन्दा धेरै असर इन्धन आयातमा परेकाले पनि धेरैमा पाइपलाइनबाट हुने आपूर्तिबारे चासो उत्पन्न भएको हो। भारतले भने आफ्नो कारणबाट नाकाबन्दी भएको स्वीकार गरेको छैन। गत मङ्गलवार भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली र नेपाली प्रधानमन्त्री…

Read More