शान्ति सेनामा जाने सैनिकको मासिक तलब १ लाख २७ हजार पुग्याे

शान्ति सेनामा जाने सैनिकको मासिक तलब १ लाख २७ हजार पुग्याे

नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ। तल्ला तहका सिपाहीसहित अधिकृतहरुबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाई गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता वढाउने निर्णय गरेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्। अब प्रतिव्यक्ति तलबमा ८५ अमेरिकी डलर (करिब ९ हजार पाँच सय रुपैयाँ) थप हुने छ। यसअघि प्रतिमहिना एक हजार २९ अमेरिकी डलर पाउँदै आएकोमा अब शान्ति सेनामा सहभागी सैनिकले ८५ डलर थप गरी प्रतिमहिना १ हजार ११४ अमेरिकी डलर प्राप्त गर्नेछन्। सो रकम नेपाली रुपैयाँ एक लाख २७ हजार…

Read More

दूधको मूल्य ६ रुपैयाँ बढेको भए पनि बजारमा यसरी हुँदैछ ठगी

दूधको मूल्य ६ रुपैयाँ बढेको भए पनि बजारमा यसरी हुँदैछ ठगी

असोज १, काठमाडौं । किसानले दूधको मूल्य नपाएको केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनको गुनासोपछि सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन सिफारिस ग¥यो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास संस्थान (डीडीसी) ले पनि भदौ २१ गतेदेखि मूल्य बढाउने निर्णय ग¥यो। डीडीसीले प्रशोधित दूध (प्याकेट) आधा लिटरको ३ रुपैयाँ बढाए पनि बजारमा भने ५ रुपैयाँ थपेर बिक्री भइरहेको छ। मूल्यवृद्धि गर्नुअघि प्याकेट दूध (आधा लिटर) को मूल्य ३५ रुपैयाँ थियो। डीडीसीले ३५ रुपैयाँबाट ३ रुपैयाँ बढाएर ३८ रुपैयाँ पु¥यायो। केही खुद्रा व्यापारीले भने…

Read More

अमेरिकाले गुफामा तेल भण्डारणको रहस्य

अमेरिकाले गुफामा तेल भण्डारणको रहस्य

असोज १, काठमाडौं । साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्‌कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्। तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताए। राष्ट्रपति ट्रम्पले उल्लेख गरेको तेलको परिमाण ६४ करोड ब्यारेल छ र त्यो टेक्सस र लुइजियाना राज्यको मुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा भण्डारण गरिएको छ। यी रणनीतिक भण्डारहरूमा इन्धन राख्ने अवधारणा सन् १९७० को दशकमा आएको हो। अन्तराष्ट्रिय उर्जा केन्द्रका सबै सदस्य राष्ट्रहरूले…

Read More

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु. दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु. दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार रु. डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महीनामा मात्रै कारोवार भएको बताएका छन् । व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम एक महीनामा रु. दुई करोडभन्दा बढी मदिरा खपत भएको र त्योसँगै लाखौँका स्थानीयवासीद्वारा उत्पादन गरिएको अवैध मदिरा पनि बिक्री हुने गरेको उनको…

Read More

गोलकिपरले ३६ गोल बचाएपछि कप्तानले दिएर एके-४७ उपहार

गोलकिपरले ३६ गोल बचाएपछि कप्तानले दिएर एके-४७ उपहार

  काठमाडौं । चाहे फुटबल होस् वा क्रिकेट उत्कृष्ट खेलाडीलाई खेल सकिएसँगै प्लेयर अफ द म्याच घोषणा गरी पुरस्कार दिइन्छ । पुरस्कारको रुपमा कप, मेडल वा नगद दिएको देखिन्छ । तर रुसमा एकजना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका कारण नगद वा पदक होइन एके-४७ बन्दुक उपहार पाएका छन् । हकी खेलमा ३६ वटा गोल बचाएको भन्दै कप्तानले गोलकिपरलाई यस्तो उपहार दिएका हुन् । इजस्तल इजेस्क र चेल्मेट क्लबबीच भएको हकी खेलमा इजेस्कका गोलकिपर सभेली कोनोनोभले आफ्नो गोलपोष्टमा विपक्षीले गरेका ३६ वटा प्रहार रोकेका थिए । जसका कारण इजेस्कले ३-२ ले खेल…

Read More

प्रदेश ३ सरकारले असोज ३ गते तोप र बन्दुक पड्काएर बढाइँ गर्ने …

प्रदेश ३ सरकारले असोज ३ गते तोप र बन्दुक पड्काएर बढाइँ गर्ने …

  संविधान दिवस मनाउन मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठित मूल समारोह समितिले भव्यताका साथ संविधान दिवस मनाउने जानकारी दिएको हो । प्रदेश ३ सरकारले असोज २,३,र ४ गते गरि ३ दिनसम्म संविधान दिवस मनाउने तयारी गरेको प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । उनका अनुसार असोज २ गते बिहिबार अर्थात भोलि नगर सरफाइ, खुला दौड, विचार गोष्ठी कार्यक्रम छ भने ३ गते शुक्रबार बिगुल बजाएर तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम तय भएको छ । यस्तै ४ गते शनिबार सार्वजनिक स्थानमा वृक्षारोपण, रक्तदान लगाएतका…

Read More

काठमाडौँ आउँदै गरेको बसलाई अर्को बसले ठक्कर दियो, ठक्कर दिने बसका दर्जन यात्रु घाइते !

काठमाडौँ आउँदै गरेको बसलाई अर्को बसले ठक्कर दियो, ठक्कर दिने बसका दर्जन यात्रु घाइते !

काठमाडौँतर्फ आउँदै गरेको बसलाई पछाडीबाट अर्को बसले ठक्कर दिँदा एक दर्जन यात्रु घाइते भएका छन्। धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले पछाडीबाट ठक्कर दिँदा १२ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक भएको थियो। पछाडीबाट ठक्कर दिने बसलाई १२ यात्रु घाइते भएको र नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । श्राेत bigulnews  

Read More
७० वर्षमाथिका नागरिकलाई निगमको आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट

नेपाल वायुसेवा निगमले ज्येष्ठ नागरिक अर्थात् ७० वर्षमाथिका नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ। निगमका सहप्रवक्ता सुलेख मिश्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईको उक्त निर्णयलाई निगमले पालना गरेको बताएका हुन्। निगमको गत ३० गते बसेको उच्चस्तरीय समिति (मार्केटिङ कमिटी)ले राज्यद्वारा घोषित कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको सहप्रवक्ता मिश्रले नेपालखबरलाई जानकारी दिए। निर्णयअनुसार आज असोज १ गतेदेखि नै निगमले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिनेछ। देशका सम्मानित ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडामा छुट दिनुलाई निगमले कर्तव्यका रुपमा लिएको मिश्रले जानकारी दिए। तत्काल प्राविधिक…

Read More

संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै

संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै

१ असोज, काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ । कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ । मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर आयोजना गरिने उक्त फरक शैलीको सांस्कृतिक/साङ्गीतिक कार्यक्रम यही असोज २ गते साँझ ५ बजे जमलस्थित सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजना गरिने प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक राईले जानकारी दिए । श्राेत onlinekhabar

Read More