शव लुकाउन खोज्‍ने बाबु-छोरा पक्राउ

शव लुकाउन खोज्‍ने बाबु-छोरा पक्राउ

राजविराज : विद्युतीय धरापमा परी मृत्यु भएको घटना लुकाउन खोजेको आरोपमा बाबु-छोरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले घटना गोप्य राख्न र शव लुकाउन खोजेको अभियोगमा पक्राउ परेका ४५ वर्षीय श्रीलाल सरदार र उनका कान्छा छोरा १९ वर्षीय विजय सरदारलाई सार्वजनिक गरेको हो। उनीहरुमाथि कञ्चनरुप नगरपालिका ५ पिप्रा टोलका अजयकुमार मुखियाको बँदेल मार्न थापेको पासोमा परी मृत्यु भएको घटना लुकाउन खोजेको आरोप छ। श्रीलाल, उनका छोरा र गाउँकै रमेश सरदारसहितका युवाले बँदेल मार्न कात्तिक १ गते राति थापेको विद्युतीय धरापमा अजय परेका थिए। अजयलाई घरबाट श्रीलाल र रमेशले लगेपछि…

Read More

“सरकारले मधेश–पहाडको संस्कृतिलाई भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको छ” : पर्यटनमन्त्री भट्टराई

“सरकारले मधेश–पहाडको संस्कृतिलाई भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको छ” : पर्यटनमन्त्री भट्टराई

कार्तिक १३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा बुधवार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा विद्यापतिको सालिक निर्माणको तयारी गरिरहेको बताए। पहाडी जिल्लाहरू इलाम, दैलेख र डडेलधुरा लगायतका क्षेत्रमा महाकवि विद्यापतिको सालिक निर्माणको योजना सकारात्मकरूपमा अघि बढिरहेको उनले जानकारी दिए। मन्त्री भट्टराईले सरकारले प्रदेश नं. २ मा धार्मिक एवं सांस्कृतिक पर्यटन ‘सर्किट’ निर्माण गर्ने र रामायण सर्किट…

Read More

पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान, ६ जना घाइते

पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान, ६ जना घाइते

कार्तिक १३, रामेछाप । रामेछापको गोकुलगंगमा पिङको विषयमा भएको विवादले झगडाको रुप लिएपछि दुई समूहबिच खुकुरी हानाहान भएको छ । गोकुलगंगा–६ फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबिच झडप भएको हो । घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सुशील तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् । उनीहरुको सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोको विषयलाई लिएर राति पनि विवाद बढेपछि खुकुरी…

Read More

जन्मदिनमा अनेरास्ववियू नेता पराजुलीले गरे जनगायक शर्मालाई आर्थिक सहयोग

जन्मदिनमा अनेरास्ववियू नेता पराजुलीले गरे जनगायक शर्मालाई आर्थिक सहयोग

कार्तिक १३, काठमाडौं । अनेरास्ववियूका नेता सुदेश पराजुलीले जनगायक जीवन शर्माको छोराको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका छन् । बुधवार आफ्नो जन्मदिनको अवसरमा उनले जनगायक शर्मालाई भेटी १० हजार रुपैयाँ सहयोग गर्नुका साथै उनको छोराको स्वास्थ्य लाभको कामना गरेका छन् । जनवादी गायक शर्माका छोरा अमृत आचार्यको स्वास्थ्य लाभको कामना गर्दै सो रकम सहयोग गरेका हुन् । नेता पराजुलीले नेपाल सरकारले घोषणा गरेको अभिभावकत्व ग्रहण गरेको बालकलाई केही शैक्षिक सामाग्री तथा स्कुलको कपडा समेत हस्तान्तरण गरेको उनले जानकारी दिए । नेता पराजुलीले आफूले जन्मदिनको अवसरमा सधैं सामाजिक सहयोग…

Read More

चीनमा भीरमाथि बनाइयो ३० तल्ले भवन…

चीनमा भीरमाथि बनाइयो ३० तल्ले भवन...

काठमाडौं – चीनको चोङकिङमा विशाल पिङ बनाइएको छ । २३ सय फीट अग्लो ठाउँमा एउटा भीरको छेउमा ३० तल्ले भवन जति नै अग्लो पिङ बनाइएको हो । चक्करै आउने उक्त पिङमा बसेर ८० माइल प्रतिघन्टाको गतिमा रोमाञ्च खोज्नेहरू रमाउनेछन् । नदीसहितको उपत्यकामाथि उक्त पिङ राखिएको छ ।   चोङकिङमा अनौठा संरचनाहरू प्रशस्तै छन् । त्यहाँ हजार फीट अग्लो भीरमा विशाल हल्लिने कुर्सी बनाइएको छ । तर अहिले बनाइएको पिङ त्यसभन्दा अग्लो, द्रुत गतिको र डरलाग्दो छ । युनयाङ लोङगाङ सिनक स्पटको एक अंगका रूपमा उक्त विशाल पिङलाई ३२८ फीट अग्लो…

Read More

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । कप्तानबाट पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको जानकारी दिए । उनका अनुसार उपकप्तानको जिम्मेवारी युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ । पारसको आधिकारिक राजीनामा दुई दिनअघिमात्र पाएको क्यानले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो । तर, खड्काले राजीनामा फिर्ता लिन अस्वीकार गरेपछि क्यानले नयाँ कप्तान तोकेको हो । केही साताअघि बसेको क्यान कार्यसमिति बैठकले कप्तानबारे…

Read More

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन, भेरीको फोहोर पानी पिउन बाध्य

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन, भेरीको फोहोर पानी पिउन बाध्य

जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो । जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका -१स्थित दैनिक चहलपलह हुने छेडाबजार छिन्चु -जाजरकोट – डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब हुँदा स्थानीयवासी वर्षाैंदेखि भेरी नदीको फोहर पानी प्रयोग गर्न बाध्य छन् । जिल्लाको ठूलो व्यापारिक नाका भएर पनि खानेपानीको अभावमा भेरी नदीको भर पर्नुपर्दा स्थानीयवासी हैरान भएको स्थानीय व्यापारी जगत बुढाले बताए । उनले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारले पनि चासो नदिएकाले अव हामीले सङ्घीय सरकारमा कुरा पुर्‍याएका…

Read More

बलात्कार आरोपमा नेकपा र कांग्रेसका दुई नेता पक्राउ

बलात्कार आरोपमा नेकपा र कांग्रेसका दुई नेता पक्राउ

काठमाडौं । प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ मंसिरमा पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार पोखरेलले आफू पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य भएको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य भएको बयान दिएका छन् । उनीहरुले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । दुवै जनाले…

Read More

बाराका युवकको ससुरालीमा झुण्डिएको अवस्थामा भेटियो

बाराका युवकको ससुरालीमा झुण्डिएको अवस्थामा भेटियो

१३ कात्तिक, काठमाडौं । बाराको बगरमपुरका एक युवक पर्साको सबैयामा झुण्डिएको अवस्थामा फेला परेका छन् । पर्सागढी नगरपालिका-३ सबैयास्थित ससुरालीको घरमा बस्दै आएका २५ वर्षीय बिजुली सहनी मंगलबार विहान बैकैनाको घरमा झुण्डिएर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सहनी झुण्डिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थल पुगी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै, असोज ६ गते विष सेवन गरी गम्भीर भएका सखुवा प्रसौनी गाउँपालिका-५ महुवनका ५४ वर्षीय राजेन्द्रप्रसाद कलवारको…

Read More

महेन्द्रनगर बजारको मुहार फेर्न आधुनिक सडक

महेन्द्रनगर बजारको मुहार फेर्न आधुनिक सडक

  कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रको मुहार फेर्नका लागि आधुनिक सडक निर्माणका लागि प्रक्रियाअगाडि बढाइएको छ। बजारका पाँचैवटै गल्लीमा ठूलो लगानीमा नाली सहितका पक्की सडक निर्माण गरिने भएका हुन्। क्षेत्रीय शहरी विकास आयोजनाले एशियाली विकास बैंकको ऋण सहयोगमा भीमदत्त नगरपालिकासँगको सहकार्यमा पाँचै गल्लीमा सडक बनाउन लागेको हो। बजारका सबै गल्लीमा नालीसहितका सडक निर्माण प्रक्रिया सुरु गरिएको छ। नगरपालिकाले सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको टेण्डर आव्हान गरिएको छ। गुरु योजना बनाएर बसाइएको महेन्द्रनगरलाई व्यवस्थित र आधुनिक बनाउन भीमदत्त नगरपालिकालाई नगर प्रमुख सुरेन्द्र विष्टले बजारमा नाली सहितका सडक…

Read More