केक बोक्ने हेलिकप्टरले बिरामी बोक्न सकेन, हार्दिक श्रद्धाञ्जलि कल्पना !

केक बोक्ने हेलिकप्टरले बिरामी बोक्न सकेन, हार्दिक श्रद्धाञ्जलि कल्पना !

फाल्गुण १४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको बर्थ डे केक बोक्न हेलिकप्टर चार्टर गरिएको समाचार भाइरल भइरहँदा एक बिरामी कागजी प्रक्रियामा रुमल्लिँदा एक घाइते युवतीले ज्यानै गुमाउनु परेको खबर पनि सार्वजनिक भएको छ । केक बोकेर प्रधानमन्त्रीको गृह जिल्ला लान जति सजिलो भयो, त्यति सिकिस्त बिरामीलाई काठमाडौँ ल्याउन रहेनछ। घटनाक्रम यस्तो थियो ,सल्यान जिल्लाको शारदा नगरपालिकाका बासिन्दा कृष्णप्रसाद आचार्यकी २१ वर्षीया छोरी कल्पना आचार्य घर नजिकैको घाँस काट्न जाँदा गत फागुन ४ गते रुखबाट लडेर सिकिस्त भइन्। बेहोस् भएको अवस्थामा उनलाई सल्यानको जिल्ला अस्पताल लगियो । जिल्लाको अस्पतालको सुविधा…

Read More

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । उनकाअनुसार गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको सिफारिस गर्नेछ । बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको शर्तलाई अस्वीकार गरेको छ । र, गौतमको मागअनुसार संविधान संशोधन गर्न अघिल्लो बैठक बनाएको कार्यदललाई भङ्ग गरेको छ । यसअघि राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग गर्दै माघ…

Read More

सामाजिक सञ्जालमा हंगामा मच्चाउँदै कोरोना बियर

सामाजिक सञ्जालमा हंगामा मच्चाउँदै कोरोना बियर

कोरोनाका कारण विश्व तनाव रहेको बेला इन्टरनेटमा भने कोरोना एक्स्ट्रा नामक बियरकोे खोजी तिब्र बनेको छ । अर्थात् कोरोना भाइरसको संक्रमण रहेकै बेला गुगल लगायतका सर्च इञ्जिन र सामाजिक सञ्जालमा कोरोना नामक बियरको खोजी बढेको हो । यसरी कोराना नामक बियरको खोजि हुनुमा कोरोना भाइरसको नामसंग मिल्दो बियरको नाम हो । कोरोनाको नामले लोकप्रिय बनेको यो ब्राण्डको बियर खोजिमा धेरै झुक्किएका हुन् । मानिसहरुमा कोरोना बियरप्रतिको कौतूहलता बढेको देखिएको छ । कोरोना एक्स्ट्रा अमेरिकाको मेक्सीकोमा उत्पादित एक पहेलो रंगको बियर हो । यो अमेरीका बाहेकका अन्य देशहरुमा पनि बिक्रि वितरण…

Read More

सिरियामाको हवाई आक्रमणबाट २० को मृत्यु

सिरियामाको हवाई आक्रमणबाट २० को मृत्यु

रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् । आक्रमणबाट दर्जनौं घाइते भएका छन् ।मंगलबार सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले हवाई आक्रमण गरेको हो । सिरियाली सेनाले इडलिब प्रान्तको राजधानी इडलिब शहर र त्यसआसपासका बस्तीमा व्यापक हवाई आक्रमण गरेको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ त्यस्तै, इडलिब शहरबाट उत्तरमा रहेको मरात मिस्रिन शहरमा गराइएको हवाई आक्रमणमा १० सर्वसाधारण मारिएका छन् । त्यसबाहेक बिन्निस शहरमा गराइएको हवाई कारवाहीमा आमा र दुई…

Read More

टन्सिलको घरेलु उपचार

टन्सिलको घरेलु उपचार

जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ । त्यो भन्दा अर्को कठिनाइ हो, टन्सिलाइटिस ग्रन्थीमार्फत हानिकारक ब्याक्टेरिया शरीरभित्र पुग्छ । वास्तवमा यो त्यस्तो ग्रन्थी हो, जसले सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा गर्छ । मुखबाट शरीरमा जाने ब्याक्टेरिया रोक्ने काम यसले गर्छ । तर, जब यो ग्रन्थी नै संक्रमित हुन्छ भने, त्यसले शरीरमा कति जटिल समस्या निम्त्याउँछ ? अक्सर, हामीलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल भएपछि…

Read More

हामीलाई थाहै नदिई ‘सेन्टीभाइरस’ जुधाउन ल्याइयो: दीपेन्द्र के खनाल

हामीलाई थाहै नदिई ‘सेन्टीभाइरस’ जुधाउन ल्याइयो: दीपेन्द्र के खनाल

काठमाडौं – यो खुशीको कुरा हो, यतिबेला विदेशी फिल्मको भन्दा नेपाली फिल्मको बढी चर्चा भएको छ । फिल्म हेर्न दर्शक फिल्म हलमा ओइरिए । धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टीभाइरस’ र सुरक्षा पन्तको ‘आमा’ हेर्न दर्शक हलसम्म पुगे । तुलनात्मक रुपमा ‘सेन्टीभाइरस’ ले आक्रामक व्यापार गर्‍यो । सुरक्षाको ‘आमा’ ले मल्टिप्लेक्समा राम्रो व्यापार गरे पनि सिङ्गल थिएटरमा भने राम्रो व्यापार गर्न सकेन । रमाइलो कुरा के छ भने हेरेका दर्शकले धुर्मुसको सेन्टीभाइरसको भन्दा आमा फिल्मको तारिफ गरेका छन् । तर, ठूलो समूह धुर्मुसको सेन्टीभाइरस हेर्न पुगेको छ । दीपेन्द्र के खनाल उक्त…

Read More

भिम रावलले प्रधानमन्त्रीलाई सोधे, प्रधानमन्त्रीज्यू देशलाई आमा भन्छौं, कसरी का’टेर खान सक्नुभो ?

भिम रावलले प्रधानमन्त्रीलाई सोधे, प्रधानमन्त्रीज्यू देशलाई आमा भन्छौं, कसरी का’टेर खान सक्नुभो ?

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा जन्मस्थान पुगेर केक खाएको विषयमा अहिले सामाजिक सञ्जाल तातेको छ । यस विषयमा प्रधानमन्त्री ओलीले भने कुनै प्रतिकृया दिएका छनैनन् । आफ्नो जन्मस्थानमा जन्मदिन मनाउने प्रधानमन्त्री ओलीको चाहना अनुरुप तेह्रथुममा उनको धुमधामका साथ जन्मदिन मनाइएको हो । सो क्रममा प्रधानमन्त्रीले अन्य विकासका काम पनि गरेका छन् । आफ्नै पुख्र्यौली जमिन कृषीको विकासका लागि दिने निर्णय गरेका छन् । मदनभण्डारी जन्मस्थान र तेह्रथुम जोड्ने सडकको सिलान्यास गरेका छन् । तर उनले गरेका सकारात्मक कामको भन्दा केकको विषयमा सामाजिक सञ्जालमा धेरै टिका…

Read More

दिल्ली हिंसाले लियो डरलाग्दो रुप, मृतकको संख्या २० पुग्यो

दिल्ली हिंसाले लियो डरलाग्दो रुप, मृतकको संख्या २० पुग्यो

काठमाडौं – भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा झडप हुँदा २ सय जना भन्दा धेरै घाइते भएका छन् । घाइते हुनेमा प्रदर्शनकारी र प्रहरी दुबै छन् । सरकारले हिंसा नियन्त्रणका लागि दिल्लीका सडकमा थप ८ हजार प्रहरी तथा अर्धसैनिक बलका जवानलाई खटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीको सर्वाधिक हिंसाग्रस्त उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु…

Read More