गुल्मीमा बेवारिसे शव भेटियो

गुल्मीमा बेवारिसे शव भेटियो

१७ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-४ भगलाममा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर मुनी बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए । सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको शवलाई प्रहरीले पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताए ।श्राेतonlinekhabar

Read More

‘एसईई रोकिएका विद्यार्थीलाई सिधै कक्षा ११ मा भर्ना गरौं’

‘एसईई रोकिएका विद्यार्थीलाई सिधै कक्षा ११ मा भर्ना गरौं’

काठमाडौं। ‘बहस गरौं, कक्षा १० उत्तीर्ण भइसकेका विद्यार्थी भाइबहिनीलाई फेरि सोही तहको एसईई परीक्षा दिनैपर्ने बाध्यता किन ? कोरोनाको कारण स्थगित गरिएको एसईई परीक्षाको पूर्ण तयारीमा रहेका विद्यार्थीले अब सिधै ११ कक्षा पढ्न पाउने व्यवस्था गरे हुन्छ। विद्यार्थीलाई अनावश्यक तनाव कम गर्न, अभिभावकलाई आर्थिक भार कम गर्न र राज्यलाई साधारण खर्च घटाउन माध्यमिक तहमै दोहोरो मापदण्डको एसईई परीक्षा खारेजीका लागि सर्वपक्षीय पहल गरौं। ८ देखि १२ सम्मको शिक्षालाई माध्यमिक तह मानिसकेपछि एसईई जरूरी छैन, बरू १२ कक्षापछि यस्तो परीक्षा गराए हुन्छ। किनकी अहिले सबैतिर एसईईको सर्टिफिकेटभन्दा १२ को सर्टिफिकेट र…

Read More