चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै २२ भदौ, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ अपराह्न पौने चार बजे नेपाल आउन लागेका हुन् । पाकिस्तान हुँदै नेपाल आउने आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने भनिए पनि मिति निश्चित भइसकेको छैन । परराष्ट्रमन्त्रालयका अधिकारीहरु भने असोज…

Read More