बालाचतुर्दशीकाे अघिल्लो रात: दिवंगत पितृका नाममा दीपदान गरिँदै

बालाचतुर्दशीकाे अघिल्लो रात: दिवंगत पितृका नाममा दीपदान गरिँदै

मंसिर १९, काठमाडौं । बालाचतुर्दशीकाे अघिल्लो रात: दिवंगत पितृका नाममा दीपदान गरिँदै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज (बुधबार) दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । बुधबार दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको आज पशुपतिमा भीड लाग्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष…

Read More